• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'कालापानी क्षेत्र भारतको हो, सेना फिर्ता हुँदैन' –भारतीय मन्त्री

काठमाडौं । भारत उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र राउतले कालापानी क्षेत्र भारतकै भएको दावी गर्दै भारतले सेना फिर्ता नगर्ने दावी गरेका छन् । कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

मुख्यमन्त्री सिंहले भनेका छन्, ‘जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भूभाग हो र यो भारतकै भू–भागका रुपमा रहिरहनेछ ।’

भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ । मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताएको समाचार भारतीय संचार माध्यम अमर उजालाले प्रकाशन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राष्ट्रिय युवा संघको भेलामा भारतीय सेना कालापानीबाट हटून भनेर दिएको  अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथै प्रकाशित गरेपछि भारतीय नेताहरु पनि जवाफमा उत्रिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर