आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाएकी छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव सेवा आश्रममा मन्त्री केसीले ४१ औं जन्मदिन मनाएकी हुन्  ।

आश्रममा आश्रित व्यक्तिहरुलाई मन्त्री केसीले फलफुल र खाद्यन्न वितरण गरेकी थिईन् । अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आफूमा रहेकाले जन्मदिन आश्रममा आएर दिनदुखीसंग मनाएको मन्त्री केसीले बताईन्  ।

मानव सेवामा सर्मपित हुन अरुलाई प्रेरणा मिल्ने भएकाले आश्रमका अशाय, अशक्तसंग जन्मदिन मनाएको केसीले उल्लेख गरिन् । आश्रमका प्रदेश संयोजक सिर्जना वलीले आश्रममा हाल ४७ जना आश्रित रहेको जानकारी दिएकी थिइन्।

उनले भनिन्  ०८२ सालसम्म शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भएका घरवाहरविहिन, बेसहारा, सहयोगापेक्षी मानवहरुरहित राष्ट्र निर्माण गर्ने तयारी गरिएको बताएकी थिईन्  ।

सडक मानवरहित बनाउन लौरी सडक नाटक प्रदर्शन गरिरहेको उल्लेख गरेकी  वलीले आश्रममा पूर्वाधारको काम अघि बढाउने तयारी गरेको बताईन । हालसम्म आश्रममा आएका १८ जनालाई सन्चो बनाएर परिवारको सहयोगमा परिवारको पुनर्मिलन गराएको पनि वलीकोे भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर