एनआईसी एशियाले ल्यायो 'सुपर चामत्कारिक मासिक निक्षेप खाता' योजना

काठमाडौं । एनआईसी एशिया बैंकले 'सुपर चमत्कारिक मासिक निक्षेप खाता' योजना ल्याएको छ । यो योजनामा बैंकमा खाता भएका सबै इच्छुक खातावाला सहभागी हुन सक्ने बैंकले जनाएको छ । 

बैंकले सबै ग्राहक महानुभावहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्वेश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको जनाएको छ । 

यो योजनाअन्तर्गत थोरै-थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकको भनाई छ । 

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । 

बैंकका अनुसार यसरी ग्राहक महानुभावहरुले मासिक रुपमा थोरै-थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्नेछन् । त्यस्तै, कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने सुविधा बैंकले दिएको छ । 

मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । यस खातावाहकले निक्षेपको ९०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने निक्षेप योेजनाको ५०% परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सक्नेछन् ।

यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

हाल यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

१८ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर