• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

साउदी अरबकी लोकप्रिय राजकुमारी बास्माह साउद बेपत्ता 

एजेन्सी । साउदी अरबकी राजकुमारी बास्माह बिन्ट साउद बिन अब्दुल्लाहजीज अल साउद बेपत्ता भएकी छिन् । राजकुमारीलाई रियादस्थित उनको घरबाटै गिरफ्तार गरी बन्दक बनाइएको हुनसक्ने अनुमान लगाइएको छ । 

राजकुमारी निकट एक स्रोतले डिडब्लू एजेन्सीलाई बताएअनुसार, उनको परिवार शाही शासकसँग सम्पर्कमा रहे पनि राजकुमारी बास्माहको सञ्चारमा प्रतिबन्ध लगाइएको बताइएको छ । राजकुमारीको केही व्यक्तिसँग कुरा भएको बताइए पनि उनी हाल कहाँ र कस्तो अवस्थामा छिन् भन्नेबारे परिवारलाई थाहा नभएको बताइएको छ ।

राजकुमारी बास्माह साउदी अरबमा लामो समयदेखि संवैधानिक सुधार र मानवीय मुद्दाहरुमा वकालत गर्दै आएकी थिइन् । रुढीवादी नियमले जकडिएको साउदीमा मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी उनी एक लोकप्रिय राजकुमारी हुन् । 

स्रोतका अनुसार, राजकुमारी बास्माहलाई यसै वर्षको मार्चमा आफ्नी छोरीसँगै गिरफ्तार गरिएको हो । देश छोडेर भाग्न लागेको आशंकामा उनहरुलाई हिरासतमा लिइएको थियो । वास्तवमा उनी चिकित्सा उपचारका लागि स्विट्जरल्याण्डको यात्रा गर्ने क्रममा थिइन् । 

त्यही समयदेखि साउदी अधिकारीहरुले उनलाई लिएर सुचनाको अनुरोधको जवाफ पनि दिएका छैनन् । त्यसयता राजकुमारी परिवारका कुनै पनि सदस्यसँग पनि सम्पर्कमा नरहेको बताइएको छ । 

गत वर्षको डिसेम्बर १८ मा छोरीको साथमा राजकुमारी बास्माह जेदाहबाट टर्की हुँदै जेनेभा पुग्ने कार्यक्रम थियो । साउदी अरबको शत्रुतापूर्ण सम्बन्ध रहेको देश टर्की हुँदै राजकुमारीको जेनेभाको यात्रालाई शंकास्पद मानेको हुनसक्ने बताइएको छ । 

पाँच सन्तानकी आमा राजकुमारी बास्माहले सन् २००६ बाट लेख लेख्न सुरु गरेकी थिइन् । उनी एक महिला व्यावसायी र सुधारका लागि एक सार्वजकि आवाज बनिन्, साउदीका शासकसँग उनको राम्रो सम्बन्ध बन्न सकेन । 

सम्बन्धविच्छेद भएपछि सन् २०११ बाट लण्डन बसोबास गर्न थालेकी थिइन्, जहाँबाट उनी एक मिडियो फिगर बिनन् । विभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा उनी भ्रष्टाचार, मानवीय मुद्दा र धन असमानता जस्ता विषयमा वकालत गरिन् । उनले साउदीमा संवैधानिक सुधारहरुलाई पनि बढावा दिएकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर