• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने बुहारी पनि पीडामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ ।

आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको छ ।

तर, उनी आर्थिक सहयोगका लागि सरकार कहाँ नजाने पक्षमा छन् । सरकारकाे नीति पनि छ, मृगाैला राेगीलाइ सहयाेग गर्ने । तर, नीित भएरमात्रै के गर्नु, अस्ति साेमबारमात्रै मृगाैला पीडित सराेकार समाजका नाममा बालुवाटार घेराउ भयाे ।  आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर