• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मैत्रीपूर्ण फुटबलमा ब्राजिलसँग दक्षिण कोरिया पराजित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि शानदार जित निकालेको छ । युनाइटेड अरब इमिरेट्सको सहर आबुधाबीमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३–० गोलले पराजित गरेको हो । 

अबुधाबीस्थित मोहमद बिन जायद स्टेडियममा भएको खेलमा ब्राजिलले नवौं मिनेटमा नै अग्रता गोल गरेको हो । ब्राजिलका लागि लुकास पक्वेटाले ब्राजिललाई अग्रता दिलाएका हुन् । त्यसपछि ३६औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई २–० ले अगाडि बढाएका हुन् । 

पहिलो हाफमा २–० ले अगाडि रहेको ब्राजिलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ६०औं मिनेटमा डानिलोले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए ।

ब्राजिल केही दिनअघि सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर