• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त

जोसे माउरिन्होलाई ल्याउन सम्भावना

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशापूर्ण भएपछि क्लबले प्रशिक्षकलाई हटाएको हो । जारी इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हालसम्मको खेलअनुसार १४औं स्थानमा खुम्चिएको छ । 

पोचिटिनोको स्थानमा जोसे माउरिन्होलाई ल्याउन सक्ने बताइएको छ । टोटनह्यामका अध्यक्ष ड्यानियल लेभीले भनेका छन्, ‘हामी यस्तो परिवर्तनका लागि अनिच्छुक छौं ।’ ४७ बर्षका प्रशिक्षकको विकल्पको रुपमा जोसे माउरिन्होलाई हेरिएको छ ।

पोचिटिनो सन् २०१४ को सिजनदेखि टोटनह्यामको प्रशिक्षकको रुपमा रहेका छन् । टोटनह्याम च्याम्पियन लिगको अघिल्लो सिजनमा फाइनल प्रवेश गरेको थियो । सो खेलमा टोटनह्याम लिभरपुलसँग पराजित भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर