• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

महिनावारी सामान्य बनाउन दिनहुँ प्रयोग गर्नुस् यी खानेकुरा

एजेन्सी । सामान्यतया धेरै महिलाहरूमा समयमा महिनावारी नहुने समस्याले सताइरहेको हुन्छ । यसको कारण महिलाको शरीरबाट उत्पादन हुने हार्मोनको मात्र नभएर आजभोलिको आधुनिक जीवनशैली पनि एक बन्न सक्छ । महिनावारीमा समस्या आउँदा महिनामा एकपटक हुनुपर्नेमा २ पटक हुने अवथा २–३ महिनामा मात्र हुने पनि हुन सक्छ । यस्तो समस्याले भविष्यमा प्रजननसम्बन्धी धेरै समस्या आउने गर्छ ।

महिनावारी गडबडी भइरहेका महिलाले पनि यो विषयलाई सामान्य रूपमा लिएका हुन्छन् । तर यसमा ध्यान दिइएन भने भविष्यमा धेरै ठूलो समस्यामा पर्न सकिन्छ । यस्तो किसिमको समस्या निर्मूल पार्न डाक्टरको औषधी भन्दा पनि आयुर्वेदिक औषथी तथा सामान्य भान्सामा पाइने खानेकुरा निकै उपयोगी हुनेछ । 

सौप : सामान्य रूपमा भान्सामा पाइने सौपलाई नियमित रूपमा प्रयोगा गर्दा महिनावारी गडबडीसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । सौपमा एन्टिओक्सिडेन्ट्स पेल्विक एरिया पाइन्छ । जसले ब्लड सर्कुलेसन बढाउने काम गर्छ । सौपलाई थोरै पानीमा १५ मिनेट जति भिजायर त्यसको पानी नियतिम खाली पेटमा खानुपर्दछ । 

मेवा : मेवामा एक पेपन नामको तत्त्व पाइन्छ । जसले महिलाहरूको शरीरमा एस्ट्रोजन हार्मोन लेबललाई बढाउने काम गर्छ । यसको प्रयोगले महिनावारी गडबडी समस्यालाई निर्मूल पार्न मद्दत गर्छ । काँचो मेवालाई नियमित रूपमा प्रयोग गर्नुपर्नेछ । तर, यो महिनावारीको समयमा धेरै खानुपर्छ । 

अदुवा : अदुवाले शरीरलाई तताउने काम गर्दछ जसले शरिरको मेटाकोलिज्मलाई बढाउने काम गर्छ । यसको नियमित प्रयोगले महिनावारी गडबडी समस्यालाई कम गर्छ । अदुवाको प्रयोग गर्दा एक टुक्रा अदुवालाई काटेर, तासेर कुटी त्यसको रस बनाएर महमा मिलाई ७–८ मिनेट राखेर खाएमा निकै फाइदा मिल्नेछ । 

फर्सीको बियाँ : फर्सीको बियाँमा टेस्टेस्टेरोन नामको तत्त्व पाइन्छ जसले ब्लडलाई बढाउने काम गर्छ । दिनको तीनपटक चार–पाँचवटा बियाँको प्रयोगले पनि महिनावारी नियमित गराउन निकै सहयोग गर्छ । 

कालो तिल : कालो तिलले शरिरलाई तातो बनाउने काम गर्छ । यो तिलमा पोल्विक एरिया पाइन्छ । विहान सधैँ एक भम्चा कालो तिललाइ भिजाएर खाएमा यसले महिनावारी गडबडीको समस्यालाई हटाउन मद्दत गर्छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर