• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एक बालकको शवयात्रामा २१ सय कार प्रयोग 

वाशिंटन । किसौरीको १४ वर्षीय बालक एलेक इनग्रामीको क्यान्सरको कारण मृत्यु भएको छ । उनी स्पाेर्ट्स कारका शौखिन थिए । उनको आन्तिम इच्चा भनेको स्पाेर्ट्स कारको साथमा उनको शवयात्रा निकालियोस् । उनले सामाजिक सञ्जलामा धेरैपटक यो किसिमको आफ्नो इच्छा रहेको बताइरहन्थे । 

उसको यो अन्तिम इच्चा पूरा गर्न ‘सिडनीज सोल्जर्स ओलवेज’ नामक एक संगठनको मद्दत लिएर उनको इच्छा पूरा गरिएको छ । शवयात्राका लागि २१ सय भन्दा धेरै कार र ७० मोटरसाइकलको साथमा उनको शवयात्रा सुरु गरिएको थियो । 

शवयात्राको क्रममा २ घण्टा मिसौरी सहर बन्द

क्यालिफोर्निया, इन्डियाना, मिचिगन, फ्लोरिडा र न्युयोर्कसहित स्पाेर्ट्स कारको धेरै मालिक आफैंले गाडी चलाएर आएका थिए । साथै कोहीले आफ्नो ड्राइभर पठाएका थिए । मानिसहरूले एलेक को भनेर पनि चिनेका थिएनन् । यो समयमा मिसौरी सहर २ घण्टा बन्द भएको थियो । 

मिडियाको अनुसार बच्चाको इच्छा पूरा गर्न स्पाेर्ट्स कार्स फर एलेक’ आयोजना गरिएको थियो । यसको लागि कारको व्यवस्था ‘सिडनी सोल्जर्स ओलवेज’ नामक संगठनको प्रमुख दाना क्रिश्चियन मैनलीले गरेका गरेका थिए । उनी पनि पीडमा थिए , उनको ८ वर्षको छोरी पनि क्यान्सरको कारण मरेकी थिइन् । 

मैनलीले भने– ‘हाम्रो सम्पर्कमा जति पनि क्यान्सरपीडित स्थायी मानिसहरु छन् । उनीहरू सबै एक परिवारको सदस्यजस्तै बस्ने गरेका छन् । हामीसँग सबै क्यान्सरपीडित बच्चाहरूको सूची छ । हामीले एलेकको आमालाई उसको आन्तिम इच्छा के छ भनेर सोधेका थियौं । त्यसपछि हाम्रो अपिलमा देरभरका मानिसहरू कार लिएर मिसौरी आएका थिए ।’ 

सिएनएनमा प्रकाशित भएको रिपाेर्टअनुसार एलेककी आमा जेनी इनग्रामले आफ्नो फेसबुक पेजमा एक भाबुक पोस्ट गरेकी थिइन् । जसमा लेखिएको थियो– ‘हाम्रो प्यारो छोरा मात्र १४ वर्ष हामीसँगै बस्यो । भगवानले हामीलाई केही समयका लागि एलानको आमाबुबा बनाउन रोजेको थियो । उ विनाको जीवन निकै अधुरो लागिरहेको छ ।’ 

सन् २०१५ मा एलकलाई ओस्टियोसारकेमा क्यान्सर भएको थाहा पाएको थिए । उसलाई हड्डीको क्यान्सर भएकोथियो । यो एक दुर्लभ जातको क्यान्सर हो । चार वर्षसम्म क्यान्सरसँग लडेर उसको मृत्यु भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर