• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

महँगीबाट दिक्क पाकिस्तानी बेहुलीले लगाइन् टमाटरको गहना

इस्लामाबाद । सुनका गहनाको सट्टा टमाटर लगाएकी एक बेहुलीले एक भिडियोले धेरै मान्छेको ध्यान तानेको छ । पाकिस्तानको लाहौरमा एक बेहुली एक भिडियोमा एक सुनौलो रङको आउटफिटका साथमा एक नेकलेस, एउटा झुम्का, एउटा चुरो लगाएका अवस्थामा देखिएकी छिन् । ती सबै वस्तु गोलभेंडाबाट बनेका छन् । डेली पाकिस्तानका रिपोर्टरसँग कुरा गर्दै उनले गहनाप्रतिको आफ्नो सोखका कारण उनले यो काम गरेको बताएकी छिन् । 

उनले भनेकी छिन्, सुनको मूल्य धेरै बढेको छ । टमाटर पनि निकै महँगो हुँदै गएको छ । त्यसैले मैले आफ्नो बिहेमा सुनको सट्टा गोलभेंडाको गहना लगाएकी हुँ ।’ समाचार एजेन्सी पिटिआईका अनुसार पाकिस्तानमा गोलभेंडाको मूल्यले आकाश छोएको छ । देशको केही भागमा गोलभेंडाको मूल्य तीन सय रुपैयाँभन्दा बढी पुगेको छ । 

मंगलबार ट्विटरमा पोस्ट गरिएपछि यो भिडियो सामाजिक सञ्जालमा भाइरले बनिरहेको छ । पाकिस्तानीकी पत्रकार नायला इनायतले यो भिडियो सेयर गरेकी छिन् । उनले भिडियो सेयर गर्दै लेखेकी छिन्, गोलभेंडाको गहना । तपाईंलाई लाग्दो हो, जीवनमा हरेक कुरा देख्न पाइन्छ ।’
 

Tomato jewellery. In case you thought you've seen everything in life.. pic.twitter.com/O9t6dds8ZO

— Naila Inayat नायला इनायत (@nailainayat) November 18, 2019
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर