सिजीका जाडो मौसम लक्षित सामग्री बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडोलाई लक्षित गरि विभिन्न किसिमका नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । 

सिजीले रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मस लगायतका नयाँ सामग्रीहरु बजारमा ल्याएको हो । जसअन्तर्गत रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा उपलब्ध छ । । जसले कोठालाई एकदमै न्यानो पार्ने सिजीले जनाएको छ । 

मध्यमस्तरका परिवारको आयस्रोतलाई ध्यानमा राख्दै सिजीले जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन ग्याँस तथा इलेक्ट्रीक गरि दुई किसिमका गिजरहरु समेत उपलब्ध गराएको छ । 

त्यसैगरी बिना झन्झट छोटो समयमा पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु समेत बजार भित्र्याएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार तातिएको पानीलाई लामो समयसम्म तातो बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि बजारमा सहज उपलब्ध छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर