आयोजनाका म्याद थप नभएको भन्दै महासङ्घ आन्दोलित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घ सार्वजनिक खरिद आठौँ संशोधन नियमावली, २०७६ मा व्यवस्था भए अनुसार आयोजनाको म्याद थप नभएको भन्दै सडकमा उत्रेको छ ।

महासङ्घले माइतीघरमण्डलाबाट त्रिपुरेश्वरसम्म विरोध ¥याली गरेको छ । ¥यालीपछि विरोधका थप कार्यक्रम तय गर्न ७७ जिल्ला, सात प्रदेश शाखाको भेला शुरु भएको छ । भेला उद्घाटन कार्यक्रममा सांसद जीपछिरिङ लामाले वार्ता समितिसमेत गठन गरेर विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योग प्रवद्र्धन गरी विकास र समृद्धितिर जान पटकपटक राखेको माग पूरा नभएपछि नौबुँदे माग राखेर आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए ।

गत जेठ २३ गतेअघि भएको खरिद सम्झौताबमोजिम काम सम्पन्न नभएका आयोजनाका प्रगति र बाँकी कामको विश्लेषण गरी बढीमा एक वर्ष म्याद थप गर्ने वाक्यांश अझै कार्यान्वयनमा नआएको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर