• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रुपन्देही व्यापार संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

बुटवल । रुपन्देही व्यापार संघको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बुधवार पदभार ग्रहण गरेको छ । 

पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई पुरानो समितिले पद हस्तान्तरण गरेको थियो । सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश नं. ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले प्रमाणपत्र वितरण गरे । 

सो अवसरमा बोल्दै मन्त्री गिरीले व्यवसायीहरुका समस्यालाई समाधान गर्न प्रदेश सरकारले आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आर्थिक विकास र समृद्धिको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने समेत बताए ।

कार्यक्रममा प्रदेश सांसद तथा नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपानेले राष्ट्रिय अर्थतन्त्रको रक्षा र विकासमा व्यवसायीहरुको योगदान  रहेको बताएका थिए ।

संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले  आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने नीति राज्यले अवलम्बन गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यमलाल लोहनीले आर्थिक समृद्धिको लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक छलफल र सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । संघका व्यवसायिक गतिविधिहरु आम उपभोक्ताको हकहित र अधिकारलाई ध्यान दिएर अघि बढाइने उनले बताए । 

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, अध्यक्षता, महासचिव प्रकाश ढकाल, व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली लगायत बोल्दै आर्थिक क्षेत्रको चर्चा गरेका थिए  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर