• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कसले काट्यो अन्तिम समयमा मन्त्रीकाे सूचीबाट महेश बस्नेतको नाम ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूको बिहीबार शपथ हुनेछ ।

राष्ट्रपति कार्यालयले मन्त्रिमण्डलका सदस्यहरूको नाम पनि सार्वजनिक गरेको छ । तरऽ उक्त सूचीमा नेकपाका एक युवा नेताको नाम भने परेन । मन्त्रिमण्डल पुनर्गठनको अन्तिम समयमा नेकपाका युवानेता महेश बस्नेतको नाम चर्चामा थियो ।

समाचार दैनिकलाई प्राप्त सूचीमा समेत बस्नेतको नाम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सामेल थियो । तर, अन्तिम समयमा उनको नाम काटिएको छ । नेकपा नेता तथा पूर्वसभामुख सुवास नेम्वाङको सिफारिसमा सो मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएको स्राेतले बताएकाे छ ।

 नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । बस्नेत भने यसअघि उद्योगमन्त्री भइसकेका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर