• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जोसे मौरिन्हो टोटनह्यामका नयाँ प्रशिक्षक

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । टोटेनह्यामले बुधबार मौरिन्होलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

टोटनह्यामले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको थियाे । पछिल्लो समय क्लबले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भन्दै उनको तीव्र आलोचना हुन थालेको थियो ।

मौरिन्हो यसअघि चेल्सी र म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । टोटनह्यानसँग उनको सम्झौता सन् २०२३ सम्मका थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर