• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१५ सय मिटर दौडमा ७८ वर्षीय बख्सिसले जिते स्वर्ण

दौड पूरा गरेपछि हृदयाघात, तत्कालै निधन

पन्जाब । भारतको पन्जाबमा आयोजित प्रौढहरूको दौड प्रतियोगितामा ७८ वर्षीय बख्सिस सिंहले स्वर्ण जितेका छन् । तर, १५ सय मिटर दौड पूरा गरेपछि उनलाई हृदयाघात भयो र उनको मृत्यु भएको छ । 

पन्जाब मास्टर एथ्लेटिक एसोसिएसनद्वारा प्रौढहरुका लागि आयोजना गरिएको एथ्लेटिक मिटमा उनी दौडिएका थिए । होसियारपुरको जलोवालनिवासी बख्सिस सिंहले १५ सय मिटरमा पहिलो स्थान तथा ८०० मिटरमा तेस्रो स्थान प्राप्त गरेका थिए । 

१५ सय मिटरको दौड पूरा गरेपछि उनी आराम गरिरहेका बेला उनलाई हृदयाघात भयो । साथीहरुले उनलाई तुरुन्तै सिभिल अस्पताल लगे पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए । अघिल्लो शनिबार दौड प्रतियोगिता आयोजना गरिएको थियो । उनले सो दौडमा १५ सय मिटरमा स्वर्ण पदक जितेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर