• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

साढे ३ किलो चरेससहित दुईजना प्रकाउ

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह आरआइटीले ३ किलो ५ सय ग्राम लागूऔषध, चरेससहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब निरीक्षक केशव जोशीको कमान्डमा खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ सालघारीबाट बुधबार साझ लागूऔषधसहित भीमदत्त नगरपालिका–१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका–३ का महेश विष्टलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रनानी जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर