'पावर समिट'मा भए दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । काठमाडौंमा सुरु भएको दुई दिने पावर समिटका क्रममा छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान०  को आयोजनामा बिहीबारदेखि काठमाडौंमा पावर समिटका क्रममा नेपाल पावर एक्सचेन्ज लिमिटेड र इन्डियन इनर्जी एक्सचेन्जबीच पावर ट्रेड सम्झौता भएको हो ।
 त्यस्तै सरकारी स्वामित्वको एचआइडिसिएल र भारतीय कम्पनी एनएचपिसीबीच पनि पावर ट्रेड सम्झौता भएको छ। 

समिटमा विद्युत् व्यापार, यसको सम्भावना, आवश्यक पूर्वाधारलगायतका विषयमा केन्द्रित रहेर एक दर्जन सत्रमा छलफल गरिने जनाइएको छ।  सम्मेलनमा ऊर्जामन्त्री पुनले स्वच्छ ऊर्जा उत्पादनको लागि नेपाल उपयुक्त क्षेत्र भएको भन्दै लगानीका लागि आह्वान गरे। उनले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले सहजीकरण गरेको बताए।

उनले नेपालमा उपयुक्त क्षेत्रीय व्यापार रहेको अवस्थामा सहज लगानी गर्नको लागि आग्रह गरे।  

बंगलादेशका ऊर्जामन्त्री नास्रुल हामिदले क्षेत्रीय व्यापार सहजीकरण र प्रशारण लाइन निर्माणमा ध्यान दिनुपर्ने बताए।  भुटानका अर्थ मामिला मन्त्री लोकराज शर्माले भुटान नेपाल लगायतका देशले उत्पादनमा ध्यान दिनु पर्ने बताए। 

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रमा लगानी र व्यापार सहजीकरणमा सहयोग गरेको बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर