बैंकहरुको कर्जा प्रवाहमा सुस्तता, निक्षेप बढ्यो

काठमाडौं । बैंकिङ क्षेत्रको कर्जा प्रवाहमा पछिल्लो पटक सुस्तता देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ७.२ प्रतिशतले बढेको कर्जा यसपाली ४.३ प्रतिशतले मात्रै बढेको छ । 

loanत्यस्तै यो अवधिमा निक्षेप संकलनमा भने सुधार देखिएको छ । यसपाली साउनदेखि असोज मसान्तसम्मको अवधिमा निक्षेप संकलन ३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत बर्ष निक्षेप संकलन २.४ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ । 

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो । 

त्यस्तै यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर