• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भुटानी मन्त्री शर्माले नेपालीमा भने, ‘हामी त ह..ह..माले ह..ह..मै छौं’

काठमाडौं । लोकनाथ शर्मा ।

भुटानका अर्थमन्त्री ।

उनको नाम सुन्ने वित्तिकै पावर समिटमा उपस्थितहरुले लख काटिसकेका थिए उनी नेपाली मूलका हुन् ।

उनले नेपाली बोल्न जान्दछन् । 

सम्बोधनको सुरुमा नमस्ते भनेका भुटानी अर्थमन्त्री लोकनाथ शर्माले अन्त्यमा लामै सम्बोधन नेपाली भाषामा गरे ।

इपानले काठमाडौंमा आयोजना गरेको, २ दिन सम्म चल्ने पावर समिट २०१९ मा विश्वभरका ६ सय भन्दा धेरै उपश्थित थिए । जसमा अधिकाँश नेपाली । शर्माले नेपालीमा सन्बोधन गर्दा हल नै गुन्जयमान भयो ।

कतिपयले उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैलीमा प्रस्तुत भएको टिप्पणी पनि गर्न भ्याए । 

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा नै नेपालीमा बोलेपछि  ताली बजेको थियो। 

शर्माको अधिकांश सम्बोधन अंग्रेजीमा थियो । सम्बोधनको अन्तिममा उनले भने, ‘यस उपश्थितिमा आउनु भएका मन्त्रीज्यू र माहानुभाव सवैमा यो खुसी नेपालमा आएर धन्यवाद । मलाई यो मौका दिनुभएकोमा पनि सवैमा धन्यवाद ।’

त्यतिमात्र होईन उनको नेपाली गज्जबको रहेछ भन्ने कुरा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीसँगको साईडलाईन बार्तामा देखियो । 

कार्यक्रमका दौरा भएको बार्ताका क्रममा भुटानी मन्त्री शर्मा र मन्त्री पुनले मज्जाले नेपालीमा आफ्ना कुरा राखे । दुई देशबीचको पारस्परिक सम्बन्ध, सहयोग आदान प्रदान छलफलको मुख्य विषय थियो । त्यसको पनि केन्द्रीय मर्म भने समान भूगोल, संस्कृती र अवस्थिति रहेका नेपाल र भारतका बीचको ऊर्जा उत्पादन तथा निर्यातका लागि हुन सक्ने सहकार्य थियो । 

नेपालका तर्फबाट मन्त्री पुनले भूटानले ऊर्जाको क्षेत्रमा गरेको प्रगतिका लागि बधाई दिदै नेपाली उत्पादन र नेपाल–भारत–बंगलादेशका बीचमा बन्न सक्ने पावर ग्रिडबारे चर्चा गरे । भुटान र नेपालको भौगर्भिक अवस्था उस्तै रहेको र ऊर्जा उत्पादनमा समान समस्या झेल्नु परेको उनको बनाई थियो ।

मन्त्री पुनले लामो समयदेखि कायम रहेको भुटान–नेपाल बीचको सम्बन्धलाई अझ बलियो बनाउन आपसी भ्रमण र सहयोग बढाउनु पर्ने बताए ।

भुटानीमन्त्री शर्माले नेपाली मै नेपाल र भुटान दुबै देशको विकासको लागि ऊर्जामा लगानी बढाउनुपर्ने र ऊर्जाको क्षेत्रीय व्यापारमा सहजीकरण गर्नुपर्ने बताए। उनले भुटानको राजस्वको मुख्य स्रोत नै जलविद्युत् रहेको भन्दै भारतको सहयोगमा जलविद्युतबाट विकास गर्न सकेको बताए।

भेटघाटको अन्त्यमा दुईदेशको भौगोलिक जटिलता र अर्थ उपार्जनको कुरो चल्यो । जसमा मन्त्री शर्माले भुटान हिमाली तथा पाहाडी जिल्ला भएकाले कृषिमा समेत परम्परागत शैली ह..ह.. माले ह..ह..ह, ह..ह.. काले ह..ह.. कै अवस्थामा रहेको ठट्यौली पारामा बताए । जसले भेटवार्तामा उपश्थिति सवैमा हाँसोको फोहरा छुटायो । 

त्यसपछि दुवै देशका मन्त्रीसहितको टोलीले उपहार आदान–प्रदान गरि सामुहिक फोटो खिचाएर फेरी भेट्ने बाचा गरे ।

भुटानी मन्त्री शर्माले भेट्नुअघि बंगलादेशका मन्त्री नसरुल हमिदले ऊर्जामा सहकार्यबारे छलफल गरे भने पछि भारतका लागानीकर्ताहरुले मन्त्रीपुनसँग आफ्नो समस्या र लगानीका संभावना प्रस्तुत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर