• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

किमले अस्विकार गरे दक्षिण कोरियाको निमन्त्रणा, 'आसियान' सम्मेलनमा भाग नलिने

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन अर्को साता हुन गइरहेको ‘आसियान’को शिखर सम्मेलनमा भाग नलिने भएका छन् । 

आसियान सम्मेलनका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले पठाएको निमन्त्रणालाई उत्तर कोरियाले अस्विकार गरेको प्योङयाङका सञ्चारमाध्यमले जनाएका छन् । 

दक्षिणपूर्वी एसियाका मुलुकहरूको संगठन (आसियान)को बुसानमा हुने सम्मेलनमा नेता किमले भाग लिनुको कुनै औचित्य नभएको भन्दै निमन्त्रणलाई अस्वीकार गरेको बताइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध बिग्रेको अवस्थामा बुसानमा हुने सम्मेलनमा भाग लिनुको औचित्य नरहेको उत्तर कोरियाले बताएको छ । 

केसीएनए समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तरका नेता किमलाई कार्तिक १९ मा निमन्त्रण पत्र पठाएर आफू आउन नसक्ने भए एक प्रतिनिधिलाई पठाउन अनुरोध गरेका थिए । 

बुसानमा अर्को साता हुन लागेको सम्मेलनमा आसियान नेताहरूलाई आफूले आतिथ्य दिँदा किम पनि आउन सक्ने मूनले बताएका थिए । 

किमले निमन्त्रण अस्वीकार गरेको विषयमा मूनको कार्यालयले कुनै पनि टिप्पणी गरेको छैन । 

किम र मूनबीच पहिले भएका शिखर सम्मेलनमा गरिएका सहमतिलाई दक्षिण कोरियाले पालना नगरेको र अमेरिकामा निर्भर भएको उत्तर कोरियाको ठहर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर