• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वमा पहिलोपटक पुरुषका लागि गर्भनिरोधक सुई तयार

एजेन्सी । जब कुरा गर्भनिरोधक औषधीको आउँछ, महिलाले प्रयोग गर्ने भन्ने बुझ्छौँ । आफ्नो पुरुष साथीले कण्डमको प्रयोग नगर्दा कतिपय महिलाले अनिश्चित गर्भबाट बच्नका लागि गर्भनिरोधकका फरक–फरक तरिकाको प्रयोग गर्नुपर्छ । तर, अब पुरुषले पनि गर्भनिरोधक बराबरको जिम्मेवारी निभाउन सक्नेछन् । 

भारका वैज्ञानिकद्वारा विश्वको पहिलो ‘मेल बर्थ कन्ट्रोल’ अर्थात् पुरुषका लागि गर्भनिरोधक सुई तयार भएको छ । यो सिई पुरुषको ‘ग्रोइन’ आर्थत् पेट र जाङको बीचको भागमा लगाइन्छ । 

भारतीय सरकारद्वारा वित्त पोषण गरिएको बायोमेडिकल अध्ययन संस्था ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च’ले यस सुईको तीन चरणमा सफल चिकित्सकीय परिक्षण गरेको छ । यो सुई एक पटक लगाएपछि १३ वर्षसम्म सन्तान उत्पादन प्रभावित हुने बताइएको छ । 

चिकित्सकीय परिक्षणको रुपमा तीन सय जनालाई यो सुई दिइयो र उनीहरुमा कुनै पनि प्रकारको असर नदिएको वैज्ञानिकहरुले दाबी गरेका छन् । 

एक भारतीय अंग्रेजी अखबारमा प्रकाशित रिपोर्टमा एक पटक यो प्रक्रिया पुरा भएपछि उक्त सुई पुरुषमा गर्भनिरोधकको राम्रो विकल्प प्रमाणित हुनसक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । 

अध्ययनका प्रमुख वैज्ञानिक डा. आर एस शर्मा भन्छन्, ‘हाम्रो उत्पादन तयार छ र यो सरकारबाट अनुमोदन हुने पर्खाइमा छौँ । फेज–थ्री’को चिकित्सकीय परिक्षणमा ३०३ जना सहभागी थिए, जुन ९७.३ प्रतिशत सफल भयो र कुनै प्रकारको असर देखिएन ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर