• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

भीम रावलको लगातार तीन ट्वीट : नेकपाको उछित्तो काट्नेलाई किन मन्त्री बनाएको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरे । महिनौंदेखि चलेको हल्लाका वावजुत मिडियालाई थमथम्याएर राखेका प्रधानमन्त्रीको सचिवालय र अन्य मन्त्रीहरुले पछिल्लो साता भने केही न केही मात्रामा मन्त्रिमण्डल पुनर्गठनको बारेमा सूचना चुह्याउन पनि भ्याए । प्रधानमन्त्रीको रोजाईमा परेका नवनियुक्त मन्त्रीहरुको बारेमा नेकपाकै नेताहरुले टिकाटिप्पणी सुरु गरेका छन् । 

मन्त्रीमण्डल पुनर्गठनबारे बिहीबार बिहान केन्द्रीय सदस्य समेत रहेका प्रभु साहले आक्रोशित टिप्पणी गरे । उनको टिप्पणीको जवाफ नेकपाका केन्द्रीय नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले दिए । 

त्यसको केहीसमयपछि अर्का प्रभावशालि नेता भीम रावलले चार बुँदे टिप्पणी नै सार्वजनिक गरेका छन् । नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेको रावल पार्टीका प्रखर नेताको रुपमा चिनिन्छन् । 

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रीमण्डल पुनर्गठनमा राष्ट्रपतिलाई संलग्न गराएकोदेखि नेकपाको उछित्तो काट्नेलाई मन्त्री बनाएकोसम्मका विषयलाई उतारेका छन् । रावलले नेकपाका सच्चा र इमान्दार कार्यकताका लागि सोचनीय र गम्भीर कुरा भन्दै टिप्पणी गरेका छन् ।

‘संविधानले मयार्दित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी पक्ष, विपक्ष, राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?’ रावलको प्रश्न छ ।

‘नेकपाको उच्छितो काड्नेहरू’ भन्दै उनले टिप्पणी गरेका छन् । धनबल र पुँजीबाट राजनीतिमा आएका भन्दै उनले उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई मन्त्री बनाएकोप्रति पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लगातार तीन ट्वीट गरेका रावलले महिलालाई कम सहभागिता गराएको पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर