• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गुगलले राजनीतिक विज्ञापनमा प्रकाशन, प्रशारणमा कडाइ गर्दै

एजेन्सी । गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ । आफ्नो नीतिमा थप स्पष्टता ल्याउँदै कुनै गलत मनसायले तयार गरिएका तस्बिर, भिडियोहरुलाईसमेत प्रतिबन्ध गरिने भएको छ । 

मतदातालाई प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार तथा जानकारीहरु फैलाउन यस किसिमका अनलाइन प्लेटफर्मले सहयोग पुर्‍याएको भन्ने आरोपको दबाब बढेपछि गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ । इन्टरनेट कम्पनीका अनुसार कुनै पनि गलत राजनीतिक सन्देश प्रवाह गर्ने किसिमका विज्ञापनमा पहिलेदेखि नै प्रतिबन्ध लगाएको छ । 

गुगलका विज्ञापन उत्पादन व्यवस्थापनका उपाध्यक्ष स्कोट स्पेन्सरले एक अनलाइन पोस्टमार्फत भने, हामीलाई राम्रोसँग जान्छौं कि बलियो राजनीतिक संवाद लोकतन्त्रको अभिन्न अंग हो । तर, लोकतन्त्रका नाममा कुनै पनि किसिमको राजनीतिक दाबी, प्रतिशोध र अपमान भने स्वीकार गर्न सकिँदैन । त्यसकारण हामीले कारबाही गर्ने राजनीतिक विज्ञापनको संख्या सीमित हुने हाम्रो विश्वास छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर