• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 06:03 am

साईकलमा पर्यटनमन्त्री, 'राईड थ्रु सिन्धुलीगढी'

काठमाडौँ । पर्यटनमन्त्री योगेश भट्टराईले राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको उद्घाटन गरेका छन् ।  शुक्रबार विहानबाट सुरु भएको साइकलयात्रा काठमाडौंको पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन भएको हो ।

मन्त्री भट्टराईले विश्व साइकलयात्री पुष्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेर यात्रारम्भ गरे।

मन्त्री भट्टराईले साइकल यात्राको नेतृत्व गर्ने देवेन्द्र बस्नेत, महिला यात्रीको नेतृत्व गर्ने संजाल प्रधान र १० वर्षे साइकल यात्री सुयोग मानसिंह बस्नेतलाई राइडको झण्डा हस्तान्तरण गरे ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष उल्लेख्य सहभागि छन्। राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १७१ जना साइकलयात्री सहभागी छन् । त्यसमा पुरुष १ सय ५३ जना र महिला १८ जना हुनेछन् । 

यस बर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ ।

राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । 'यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्यि पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।'


संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो । यस बर्ष मंसिर ९ गते ९नोभेम्बर २५० देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ ।

पहिलो बर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई बर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस बर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिन हुने छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु हुने साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने तयारी गरेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव गर्ने भएको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने छन् । त्यहाँ भब्य सांस्कृतिक कार्यक्रम हुने छ । दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव हुने छ ।

त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन् । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् ।

तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने छन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढीहुँदै जोड्ने छ । राइड थ्रु सिन्धुलीगढीले पहाडलाई तराईंसँग र २ नम्बर प्रदेशलाई २ नम्बर प्रदेशसँग भाबनात्मक रुपले जोड्ने छ, साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने ।


तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कीर्तिमानी इतिहास रच्ने संगीता : ‘जन्मनेबित्तिकै बाबुले छोडे, दूध बेचेर आमाले हुर्काइन्’

  • २४ मङ्सिर, २०७६

कञ्चनपुर । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तर्फ नेपालले ऐतिहासिक कीर्तिमान राख्यो । सीता जन्मभूमि जनकपुरमा भइरहेको साग

अझै पनि लागू भएन अपाङ्गता अधिकार

  • १७ मङ्सिर, २०७६

काठमाडौं । सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिवद्धतासहित अपाङ्ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ल्याएको दुई

बसहियाः जहाँबाट जानकीको विवाह मण्डपका लागि बाँस काटिएको थियो 

  • ११ मङ्सिर, २०७६

जनकपुरधाम । मिथिलाञ्चलमा अहिले विवाहपञ्चमी महोत्सव धूमधामका साथ मनाइँदै छ । विवाहपञ्चमीमा पूरै मिथिलाञ्चलवासी झुमिरहेको समयमा माता जानकीको