काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटमा कार्यरत रमेशकुमार खड्काविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई पटकपटक मोलमोलाइ गरी रु ६० हजार घुस माग गरेको आरोप लागेको छ । सौदाबाजी गरी खड्काले रकम माग गरेकै अभियोगमा केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।
त्यस्तै शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सव इञ्जिनीयर मन्दिप पौडेल र जेसिभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको छ ।
विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई भुक्तानी दिने कार्य सम्पन्न भएपछि अन्तिम किस्ता रकम निकासा गर्ने सिलसिलामा पौडेलले रु एक लाख २० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले सव इञ्जिनीयर पौडेलको भरियाका रुपमा घुस रकम लिन गएका बस्नेतलाई समेत दोषीको आरोप लगाउँदै मुद्दा दायर गरेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी
हुम्ला । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली
काठमाडौं । किराँत समुदायको महान् चाड उधौलीका अवसरमा संघीय संसद्की उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले देशविदेशमा रहेका नेपाली किराँत दिदीबहिनी
प्रतिकृया दिनुहोस