• शुक्रबार ३-२६-२०७७/Friday 07-10-2020/ 02:23 pm

राष्ट्रपति सी र अमेरिकी पूर्वविदेश मन्त्रीबीच भेटवार्ता

बेइजिङ । चीनका राष्टपति सी चिनफिङ र अमेरिकी पूर्वविदेश मन्त्री हेनरी अल्फ्रेल्ड किसिन्जरबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । 

भेटका अवसरमा राष्ट्रपति सीले धेरै वर्षदेखि चीन र अमेरिका दुईवटा महान देश सम्बन्धको विकासका लागि सदिच्छापूर्ण भावना र सकारात्मक प्रयास गर्दै आएको भन्दै किसिन्जरको प्रशंसा गरेका छन् ।

चीन र अमेरिका दुवै पक्षले रणनीतिक समस्याका सम्बन्धमा आदान–प्रदानलाई सबल पारी पारस्परिक समझदारीलाई प्रबद्र्धधन गर्नुका साथै दुवै देशका जनताको मूलभूत हित बमोजिम चीन–अमेरिका सम्बन्धलाई सही दिशातर्फ विकसित पार्दै जाने आशा पनि सीले व्यक्त गरे । 

प्रत्युत्तरमा डाक्टर किसिन्जरले दुवै पक्षले रणनीतिक आदान–प्रदानलाई सबल पारी निरन्तर रूपमा विभिन्न क्षेत्रमा रहेका आदान–प्रदान तथा सहयोग गर्दै जाने कुरा औँल्याएका थिए । सिन्हुवा 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकासँग अर्को वार्ताको कुनै अर्थ छैन : उत्तर कोरिया

  • २६ असार, २०७७

प्योङयाङ् । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएका छन् ।  उनले अमेरिकासँग हुने भनिएको

डीएसपीसहित आठ प्रहरीको हत्या गर्ने विकास दुबे 'नाटकीय' इन्काउन्टरमा मारिए

  • २६ असार, २०७७

एजेन्सी । भारतका कुख्यात अपराधी विकास दुबे मारिएका छन् । पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका भारतीय

 विश्वभर संक्रमितको संख्या १ करोड २२ लाख नाघ्यो

  • २६ असार, २०७७

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १