• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चिना (लघुकथा)

भर्ती लागेकाे दुई वर्षपछि कमलका छोराको बिहे हुने तय भयो ।

केटी छिनोफानाे भएपछि केटाका बाबु र केटीका बाबु पण्डितकहाँ चिना मिलाउन पुगे ।

पण्डितले उनीहरूलाई देख्नेबित्तिकै प्रश्न गरे, ‘कति कामले आज मेरा घर पधार्नुभयो तपाईंहरू ?’

कमलले दुईवटा चिना दिँदै भने, ‘पण्डितजी, चिना मिल्छ कि मिल्दैन, हेरिदिनुहोस् न ।’

पण्डितले चिना हातमा लिएर वर्काई–फर्काई हेरे अनि भने, ‘यी त केटा र केटीका चिना हुन् त ।’

‘बिहे यिनीहरूकै हुने हो,’ कमलले उत्तर दिए ।

पण्डितजी एकक्षण मौन रहेर बोले, ‘बिहे यिनीहरूको हुने भए पनि चिनाचाहिँ नन्द, आमाजू र सासूसँग मिलाउनुपर्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर