• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

श्रीलंकाकाे राष्ट्रपतीय चुनाव : राजपक्षे नेतृत्वबाट भयभीत छन् जनता !

तस्विर : महिन्दा राजपक्षे

नेगोम्बो । पश्चिमी श्रीलंकाको तटीय सहर नेगोम्बोमा चाँदी जस्तै टल्किरहेको एक विशाल मस्जिदको टायलको आँगनमा बसिरहेका असलम गफुरलाई आफ्नै छिमेकीले अब उनीमाथि विश्वास नगर्ने डर छ । 

‘मेरो सम्पर्कमा रहेका थुप्रै साथी’, ५४ वर्षीय गफुर आफ्नो मोबाइलतर्फ इशारा गर्दै भन्छन्, ‘उनीहरू मुस्लिम होइनन् र हामीहरू भाइ–बन्धु जसरी बस्दै आएका थियौँ । तर, अहिले हामी त्यसरी कुराकानी गर्न सक्दैनौँ । के गरिरहेका छौँ भनेर पनि सोध्न सक्दैनौँ, किनकि अब हामीले त्यो बन्धुत्व गुमाइसकेका छौँ ।’

गत अप्रिल महिनाको २१ तारिखका दिन नेगोम्बोमा रहेको सेन्ट सेबस्टियनको चर्चमा भएको एक आत्मघाती बम विस्फोटमा कम्तीमा १४९ मानिसको ज्यान गएको थियो । यो आक्रमण ६ समन्वित बम फिस्फोटमध्ये एक थियो । 

यस आक्रमणपछि श्रीलंका नराम्ररी भयभीत बन्यो । श्रीलंकामा सन् २००९ मा २६ वर्षे लामो गृहयुद्ध अन्त्य भएपछि यति भयानक आक्रमण देखिएको थिएन । यस आक्रमणलगत्तै श्रीलंकाली अधिकारीहरूले इस्लामिक स्टेट अफ इराक र ल्याभेन्ट (आइएसआइएल र आइएसआइएस)सँग सम्बन्ध रहेको भनिएको एक स्थानीय सशस्त्र समूह ‘राष्ट्रिय थोहिड जमाथ’(एनटिजे) आक्रमणको जिम्मेवार भएको बताए । श्रीलंकाको पूर्वी क्षेत्रको एक कट्टरपन्थी श्रीलंकाली मुस्लिम उपदेशक जहरान हासिम उक्त आक्रमणको मास्टरमाइड भएको प्रहरीले बतायो । 

श्रीलंकाली अधिकारी तथा प्रहरीको यस दाबीले पूरै श्रीलंकामा खैलाबैला मच्चियो, जहाँ कुल करिब २१ करोड ८ लाख जनसंख्यामध्ये करिब १० प्रतिशत अल्पसंख्यक मुस्लिम शान्तिसँग बाँचिरहेका थिए ।

सेन्ट सेबस्टियनको चर्च

राजधानी कोलोम्बोबाट करिब ४० किमी उत्तरमा पर्ने नेगोम्बोमा बसोबास गर्ने मुसलमान समुदाय यो खबरले सबैभन्दा चिन्तित बने । ‘हामीलाई क्रिस्चियन साथीहरूले भनेका थिए । मुस्लिमहरूले अस्पतालमा पनि आउन नहुने बताए’, स्थानीय मुस्लिम समुदायका एक अगुवा ३७ वर्षीय सलिम सिरजले भने । आक्रमणबाट घाइते भएकाको उद्धार तथा अस्पतालसम्म पुर्याउन सघाउन पुगेका मुस्लिमहरूलाई यसरी भनिएको सिरजले बताए । ‘जो मुस्लिमहरू घाइतेहरूलाई उद्धार गर्न पुगेका थिए, उनीहरूलाई पछाडि ठेलियो र त्यहाँ नजान भनियो,’ उनले भने ।

‘एक क्षणमै बर्षौंदेखिको विश्वास र सद्भाव बिलिन भयो,’ सिरज भन्छन् । यस आक्रमणको पछाडि कसको हात थियो, कसरी भयो भन्ने आफूहरूलाई बिलकुल थाहा नभएको उनी बताउँछन् । ‘तर, यो काम मुस्लिम समुदायद्वारा गरिएको भनी पहिल्यै तय गरिसकिएको थियो । त्यसैले हामी बीचमै फस्न पुग्यौँ र हामीले न उनीहरूको मद्दत गर्न सक्यौँ न आफ्नो नै,’ सिरज भन्छन् ।

केही घण्टापछि प्रतिकार सुरु भयो । सबैभन्दा पहिले अज्ञात व्यक्तिहरूद्वारा सहर (नेगोम्बो)को केही मुस्लिमद्वारा सञ्चालित व्यवसायहरूमा आक्रमण गरियो । घरका झ्यालहरूमा ढुंगा फ्याँकिए, मुस्लिम मासु पसलबाहिर सुँगुरको मासु फ्याँकिए (जुन इस्लाममा पूर्ण प्रतिबन्ध छ) । 

मुस्लिम समुदायका सदस्यहरूका अनुसार करिब दुई सातापछि पनि दर्जनौँ क्रिस्चियनहरूले आफ्ना मुस्लिम छिमेकीहरूलाई क्षति पुर्याए, ८५ भन्दा बढी घर तथा सवारीसाधन तोडफोड गरे । त्यसपछि प्रहरीले कफ्र्यु आदेश जारी गर्यो । त्यसैगरी, अर्को सहर सिन्हालामा बौद्ध धर्मावलम्बीको समूहले मुस्लिम समुदायमाथि आक्रमण गरे, जसमा एक जनाको मृत्यु हुनुका साथै व्यापक क्षति भएको थियो । 

त्यसपछि, श्रीलंकामा राष्ट्रपतीय चुनावका लागि तयारी थालियो, जसमा राष्ट्रिय सुरक्षा एक मुख्य अभियान मुद्दा बन्यो । नेगोम्बोमा देखिएको तनावले धार्मिक सम्प्रादायबीच बढ्दो विभाजनलाई स्पष्ट पार्छ, जसको फलस्वरूप अप्रिल आक्रमण र प्रतिशोधको सम्बन्धहरू देखिए । 

अन्तर्राष्ट्रिय संकट समूह (आईसिजी)को एक रिपोर्टअनुसार अप्रिल आक्रमणपछि मुस्लिमहरूलाई मनोमानी ढंगले गिरफ्तार, आक्रमण र व्यापारबाट निकाला गरी निशाना बनाइयो । अप्रिलपछि बम बिस्फोट सम्बन्धमा कम्तीमा १८ सय मुस्लिमलाई गिरफ्तार गरियो, अझै तीन सयभन्दा बढी हिरासतमै रहेको रिपोर्टमा बताइएको छ । यद्यपि, एक प्रहरी प्रवक्ता यस आँकडालाई पुष्टि गर्नमा असमर्थ बने । 

नेगोम्बोको मुख्य मस्जिदबाट केही किलोमिटर टाढा रहेको सेन्ट सेबस्टियनको चर्च आक्रमणपछि हाल लगभग निर्माण सम्पन्न भएको छ, जुन जोडो मौसमको न्यायो घाममा चम्किलो देखिन्छ । खजुरको रुखको काठबाट बनाइएका बेन्चहरू आइतबार प्राथर्ना गर्नेहरूले भरिएको देखिन्छ । 

३० वर्षअघि बौद्धबाट इसाई धर्ममा प्रवेश गरेकी ४५ वर्षीया रोहिनी कोथालावाल अप्रिलमा बम विस्फोट हुँदा अगाडिको बेन्चमा बस्ने मध्य एक थिइन् । ‘भित्रबाट एक ठूलो ‘डुम’ आवाज सुनियो,’ चर्चको छेउमा रहेको रुखको छहारीमुनि उभिएर उनी भन्छिन्, ‘त्यहाँबाट खैरो रङको धुवाँको मुस्लो उडिरहेको देखियो, जसले गर्दा चर्चभित्र भएका कसैलाई पनि देख्न सकेनौँ ।’ 

त्यस समय कोथालावाल अत्तालिइन् । के गर्ने कसो गर्ने भनेर अत्तालिइन् । उनकी २६ वर्षीया छोरीले उनलाई चर्च बाहिर तानिन् । चर्चबाहिर उनले रगत र काँचो मासुको गन्ध पाइन् । तर, उनलाई अझै सुझिरहेको थिएन त्यहाँ के भइरहेको छ भन्ने । ‘मानिसहरू चिच्च्याइरहेका थिए, रक्ताम्मे देखिन्थे । यहाँभन्दा बढी मैले महसुस गर्न सकिनँ । म मेरा बच्चाहरूको रगत र मासुका टुक्राहरू पुछिरहेकी थिएँ,’ उनले भनिन् । 

रोहिनी कोथालावाल

त्यसको केही समयपछि उनी चर्चभित्र फेरि गइन् र त्यहाँ आ सामानको नजिकै एउटा प्लास्टिक झोला भेटिन् । ‘म झोला उठाउन निहुरिएँ, मदेखि पछाडिको बेन्चमा हेरे त्यहाँ एक शरीरबाट छुट्टिएको टाउको देखें,’ उनलाई पछि थाहा भयो त्यो आक्रमणकारीको टाउको थियो । त्यो दिनदेखि काथालावाल कुनै पनि मुस्लिमको पसलमा सामान किन्न जाँदिनन् । 

‘हामी त्यस्ता पसलमा जान चाहदैनौँ, किनकि हामी हाम्रो भगवानको प्रार्थना गरिरहेका बेला उनीहरू हाम्रो चर्चमा आए र हामीलाई यस्तो बनाए,’ उनी ‘हाम्रो’ शब्दलाई प्राथमिकता दिँदै भन्छिन् । नेगोम्बोका अन्य क्रिस्चियन पनि मुस्लिमका पसलबाट सामान किन्ने र व्यापार गर्न बन्द गरेका छन् । 

व्यापक गिरफ्तारी र आक्रमणपछि पूरै द्वीपमा हतियार भण्डारबाट बरामद गरिएको प्रहरीको दाबीपछि मुस्लिम समुदायको सन्देहको स्तर बुझ्न सकिने सेन्ट सेबस्टियन चर्चका एक पादरी सचिथा जयालाथले बताए । ‘धेरै ठाउँबाट हतियार बरामद गरियो । कोही यसरी योजना बनाइरहेका थिए, जुन एक अर्को जातीय संघर्षका लागि थियो ?’ पादरीले भने । 

स्थानीय मुस्लिमहरू भन्छन्, शान्तिपूर्ण समुदायलाई तहसनहस बनाउन प्रयास गरिरहेकाहरूले जानीबुझीकन उनीहरूलाई आफ्नो साथी तथा छिमेकीबाट अलग्याइयो । अब मुस्लिम समुदायका मानिसलाई जहाँ हिँडेपछि शंकाको दृष्टिले हेर्ने नेगोम्बोमा कारको स्पेयर पार्ट्सको व्यापार गर्ने ५४ वर्षीय मोहम्मद इफ्तिखार बताउँछन् ।

‘यहाँ मानिस–मानिसबीचको सम्बन्धमा चिरा परेको छ, जसलाई तपाईं फेरि उस्तै बनाउँन सक्नुहुन्न । एकपटक कुनै पनि चीज चिरा परेपछि फेरि त्यसलाई सही गर्न निकै कठिन हुन्छ... चिरा सधंैका लागि रहनेछ,’ उनी भन्छन्, ‘हाम्रो जिन्दगी लगभग सकिँदै छ । हाम्रो पुस्ताको समय सकियो । तर, भावी पुस्ताका लागि यस्तो स्थिति कठिनपूर्ण हुनेछ । किन त ? किनकि हामी जहाँ पनि जान्छौँ, हामीलाई फरक(भयानक) दृष्टिले हेरिन्छ ।’ 

श्रीलंकाको विपक्षी दल पोडुजाना पेरामुना (एसएलपिपी)का नेता गोताबाया राजपक्षेले एक कर्कश र विभाजनपूर्ण चुनाव प्रचारको अभियान सुरु गरे, जो चुनावी दौडमा एक सीमान्तकृत अग्रदूतको रूपमा माथि उठे । 

पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका भाइ तथा पूर्वरक्षा प्रमुख गोताबाया राजपक्षे, जसले गृहयुद्ध अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका खेले, उनले आक्रमणको केही दिनपछि राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले आफ्नो चुनावी अभियानमा राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने मुद्दालाई मुख्य बनाए । 

त्यस्तै, युनाइटेड नेसनल पार्टी (युएनपी)का उम्मेदवार साजिथ प्रेमदासाले पनि केही मुद्दाहरूमा सरकारभन्दा आफूलाई फरक बनाए र पछिल्लो महिना जारी एक संसदीय जाँच रिपोर्टद्वारा राज्यको सुरक्षा तथा गुप्तचर तन्त्रको व्यापक विफलताहरूलाई सम्बोधन गर्ने दाबी उनले गरे । 

द नेगोम्बो ग्राण्ड मस्जिद

इस्टर बम विस्फोट श्रीलंकाका अल्पसंख्यक मुस्लिमलाई निशाना बनाइएको पहिलो घटना होइन । सन् २०११ देखि बौद्ध राष्ट्रवादी समूहहरूले थुप्रै विरोध प्रदर्शनहरू र र्याली आयोजना गरे । आइसिजीको रिपोर्टअनुसार यी प्रदर्शनमध्ये केही मुस्लिममाथि दंगा र आक्रमणको रूपमा विकसित भए । 

गत मे महिनामा दुई प्रान्तका गभर्नर र एक मन्त्री, जो मुस्लिम हुन् र सशस्त्र समूहको समर्थन गरिरहेका थिए, उनीहरूको राजीनामा माग गर्दै राथानाले भोक हडताल सुरु गरे । त्यसको केही दिनमा यी तिनै अधिकारीलाई कार्यालय छोड्न बाध्य पारियो भने अन्य ६ मुस्लिम मन्त्रीहरूको राजीनामा माग गर्दै प्रदर्शन गरियो । यद्यपि, आरोपहरू अप्रमाणित रहे र अदालतमा विचाराधीन अवस्थामा छ । 

सांसद तथा एक प्रमुख बौद्ध भिक्षु अथुरालिये राथाना पनि उक्त अभियानमा सहभागी थिए, जसमा मुस्लिम विश्वविद्यालयहरू र केही मस्जिदहरूलाई बन्द गर्न आह्वान गरियो र मुस्लिम नेताहरूमाथि अनुसन्धान गरियो । 

‘यतिबेला यहाँ मुस्लिम समुदायका मानिसहरू पाहुनाजसरी बसिरहेका छन्,’ राजधानी कोलम्बोमा रहेको बौद्ध सामुदायको केन्द्रीय कार्यालयमा रहेका राथाना भन्छन्, ‘उनीहरू श्रीलंकाली संस्कृतिसँग मिश्रण हुँदैनन् ।’

‘कुरानमा धेरै बहुमूल्य शिक्षाहरु छन्, तर यसबारे वास्ता गरिँदैन’, उनी जोड दिएर थप्छन्, ‘उनीहरु अन्य मानवबाट सामाजिक विभाजन र पृथकताहरुलाई प्राथमिकता दिन्छन् ।’ विगतमा दाजु महिन्दालाई विरोध गरेपनि आफू गोटाबाया राजपक्षेलाई समर्थन गर्ने राथाना बताउँछन्, किनकि उनको विचारमा श्रीलंकामा इस्लामिक कट्टरवाद सामना गर्न एक बलियो नेताको आवश्कता रहेको गोटाबायाको विश्वास छ । 

श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्वरक्षा प्रमुख गोटाबाया राजपक्षे निर्वाचित बनेका छन् । श्रीलंकाली सेनाका पूर्वलेफ्टिनेन्ट कर्णेलसमेत रहेका राजापक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेका थिए । नेगोम्बोका मुस्लिम जनताहरु यस चुनावको परिणामबाट निक्कै डराइरहेको उनीहरु बताउँछन्, चाहे उनीहरु जुनै बाटो अपनाउन् ।

कारको पार्टस् विक्रेता इफ्तिखारले प्रेमादासलाई मतदान गरेको बताउँछन्, उनी प्रेमादासको सबै नीतिहरुको समर्थक भएको बताए । ‘गोटाबायाले जितोस् भन्ने चाहान्न थिए । उनले हाम्रो लागि स्थितिलाई अझ कठिन बनाउनेछन्, किनकि उनी मुस्लिम विरोधीबाट जिताइएको छ,’ उनले भने । 

बेच्नका लागि ‘डर’ एक सजिलो उत्पादन हो भन्छन् मुस्लिम समुदायका एक अगुवा सिरज । ‘श्रीलंकामा बसोबास गर्ने जो कोही मुसलमान यही श्रेणीमा राखिन्छः मुस्लिम आतंकवादी, मुस्लिम आतंकवादी’, मिराज भन्छन्, ‘मलाई लाग्दैन मुस्लिमहरुका लागि भविष्य राम्रो छ । म के बुझ्छु भने ‘अति खराब’ हुनुभन्दा ‘खराब’  हुनु ठिक हो ।’ अलजजिराबाट(अनुवादक : गिता सुब्बा/समाचर दैनिक)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर