• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 11:49 pm

जनमुखी काममा सहयोग गर्न कर्णालीका नेतालाई मुख्यमन्त्रीको निर्देशन !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सत्तारुढ नेकपाका जिल्ला प्रमुखहरुसंग अन्तरक्रिया गरेका छन् । कर्णाली प्रदेश अन्तरगतका सबै जिल्लाका जिल्ला ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव सहभागि रहेको अन्तरक्रिया कार्यक्रम प्रदेश सरकार संचालनका सन्दर्भमा सुझाव संकलन गर्न आयोजना गरिएको बताईएको छ । 

प्रदेश राजधानी सुर्खेतमा २ दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रमले सरकार र पार्टीका सवै तहका अंगहरुलाई जनताको आधारभुत जीवनमा देखिने गरि परिवर्तन गर्दै समाजवाद निर्माणको दिशामा परिचालन गर्ने निश्कर्ष निकालेको अन्तरक्रियामा सहभागि रुकुम पश्चिम अध्यक्ष गोपाल शर्माले जानकारी दिए । 

पार्टी एकता पछि पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रममा पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवहरुले सुझाव राखेका थिए भने दोश्रो दिन जिल्ला सहईन्चार्ज तथा ईन्चार्जहरुले सरकारले संवोधन गर्नुपर्ने विषय, सरकार संचालनका क्रममा देखापरेका समस्याहरुको विषयमा सुझाव दिएका थिए । 

अन्तरक्रियाका सहभागिहवाट पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टीमवर्कमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायतका सुझाव दिईएको नेकपा केन्द्रीय सदस्य एवं रुकुम पश्चिमका ईन्चार्ज राजकुमार शर्माले वताए । 

नेता शर्माले अन्तरक्रिया कार्यक्रमवाट पार्टी र सरकारको नेतृत्व विचको वुझाईमा एकरुपता कायम गर्न सहयोग पुगेको वताए । पार्टी नेतृत्व र सरकार विचको यस्तो अन्तरक्रियाले सरकारको कार्यसम्पादनलाई प्रभावकारी वनाउन सहयोग पुग्ने उनले जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले सरकारको सफलताका लागि पार्टी र सरकारबिच आपसी समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेको बताईएको छ । 

नेकपाको नेतृत्वमा भएको सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा वढने भएकोले जनमुखी कामका लागि सरकारलाई रचनात्मक सहयोग गर्न मुख्यमन्त्री शाहीले जिल्ला नेताहरुलाई आग्रह गरेको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

  • २३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन्

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु स् मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको