• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

एक बिरामीको शरीरमा ७.४ किलो तौल भएको मिर्गाैला

दिल्ली । दिल्लीको सर गंगााराम अस्पतालको युरोलोेजी विभागको एक टिमले एिक बिरामीको शरीरबाट ७.४ किलो तौल भएको मिर्गाैला निकालेको छ । उक्त मिर्गाैलाको बजन ७.४ केजीकाे रहेको छ । यो मिर्गाैला विश्वकै तेस्रो ठूलो मिर्गाैलाको सूचीमा परेको छ । बिरामीको शरीरबाट मिर्गाैला निकाल्न २ घण्टा लागेको थियो भने डाक्टर अजय शर्मा, डाक्टर सचिन कथुरिया र डाक्टर जुहिल नानावतीे टिमले उक्त मिर्गाैला निकालेका हुन् । 

डाक्टर सचिन कथुरियाले बताएअनुसार बिरामी ५६ वर्षका थिए । उनी दिल्लीमा नै बस्थे । उनी ओटोसोमल डोमिटनेन्ट पोलिसिस्टिक रोगबाट प्रसित थिए । पोलिसिस्टिक मिर्गाैला रोग एक आनुवांशिक स्थिति हो । यसमा दुइओटै मिर्गाैलामा सिस्टम विकास भएको हुन्छ । जसको कारणले मिर्गाैला सुन्निने समस्या हुन्छ । उनको २००६ देखि डाक्टरको सल्लाहमा उपचार भइरहेको थियो । 

डाक्टर सचिनले भने, ‘विश्वमा अहिलेसम्म दुर्लभ २ वटा यस्तो प्रकारको अप्रेशन भएको छ । पहिलो अमेरिकामा गरिएको थियो । जसबाट ९ किलो तौल भएको मिर्गाैला निकालिएको थियो । त्यसपछि नेदरल्याण्डमा गरिएको थियो । जसबाट ८.७ किलो तौल भएको मिर्गाैला निकालिएको थियो । अब यो मिर्गाैला विश्वको तेस्रो ठूलो मिर्गाैलाको रूपमा चिनिएको छ । हाी यो मिर्गाैलालाई गिनिज वर्ल्ड रेकर्ड गराउने तयारीमा रहेका छौ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर