उच्च शिक्षा सरकारको प्राथमिकतामा : मन्त्री घिमिरे

झापा । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उच्च शिक्षामा सरकारले लगानी बढाउँदै लैजाने बताएका छन् । झापाको मेचीनगरस्थित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभामा आज बिहान बोल्दै उनले प्रदेश १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरिने समेत उल्लेख गरे । मर्ज भएका क्याम्पसको सञ्चालनमा प्रदेश सरकारले सघाउने उनको भनाइ थियो ।

प्रदेशभरमा रहेका सयवटाजति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसलाई बन्द हुन नदिन प्रदेश सरकारले मर्जको नीति लिएको धारणा राखे । 

कार्यक्रममा स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेज बसलगायतका भौतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताए । मन्त्री घिमिरेले क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल ३० लाख सहयोग प्रदान गरिने घोषणा गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर