• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 11:58 am

साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण दुई साताअघि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो। 

कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी पत्रकारिता र साहित्य दुवै विधामा परिचित थिए ।

साहित्यतर्फ उनले बालसाहित्य र छोटा कथामा कलम चलाउने गरेका थिए । उनका करिब चार दर्जन कृति प्रकाशित छन् । 

पाल्पाको तानेनमा जन्मिएका उनले सन् १९९६ देखि १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए।  राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस

  • १९ मङ्सिर, २०७६

काठमाडौं ।  नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपालको आज २९ औँ स्मृति दिवस मनाइदैँ छ । आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण

कविता : भरखरै जस्तो लाग्छ 

  • १४ मङ्सिर, २०७६

भरखरै जस्तो लाग्छ मैले उसलाई चोर औंला उठाएको यही चौतारोमा हो । हामी चौतारोमा बसेर जब सपनाका कुरा गथ्र्यौं हाम्रा दुस्मनहरू त्यो चौतारोमा आउन

उनको यादमा

  • ७ मङ्सिर, २०७६

धेरै भएछ प्रेमका कविता नकोरेको उनको यादमा  झरीमा उनका केशबाट तपतप झरेको पानी जसरी पग्लिँदा मैनको थोपाथोपा झर्छ जसरी झर्छ निधारबाट पसिना जसरी