• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 01:33 pm

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार भन्दापनि ठूलो चार्डको रुपमा मनाउादै आएका छन । नयाँ चामल भगवानलाई नचडाई खाादा जंगली जनावरले दुःख दिएपछि सुरु भएको यो पर्व अहिले भने परम्परा नै बनेको छ ।

नयाँ धान भित्राएपछि चामल कुटेर दहीमा भिजाएर पुजा आजा गरि देवीलाई चडाएपछि मात्र नयाँ चामल खाने गरिन्छ । न्वागी खाने यो प्रचलन धेरै ठाउँमा हराउदै गएको छ । झ्याङ्गलाबासीले यो पर्वलाई विगत ६ वर्षदेखि महोत्सवकै रुपमा मनाउदै आएका छन  । झ्याङ्गलामा यो पर्वलाई दशै तिहार भन्दा पनि ठूलो पर्वको रुपमा मान्ने चलन रहेको छ ।

सदियौंदेखिको यो चलनलाई महोत्सवकै रुपमा मनाउन थालेपछि स्थानीयहरुको सहभागिताहरु पनि उल्लासपूर्ण रुपमा यस पर्व मनाउदै आएको तिनाउ गाउँपालिकाका प्रवक्ता एंव वडा अधयक्ष राजेश श्रेष्ठले बताए । उनले स्थानीय सरकार मार्फत यो पर्वलाई निरन्तरता दिनका लागि सहयोग गर्दै आएको बताए । 

मगर समुदायको बाहुल्यता रहेको झ्याङ्गलामा गाउँभरका सबै परिवारको न्वागी खाडदेवी मन्दिरमा चडाएपछि मात्र नयाँ चामल खाने गर्दछन । सुरुमा नयाँ चामल देबीलाई नचडाई खएपछि गाउँमा जंगली जनावरले दुःख दिने गरेको हुदाँ यो पर्व सुरु भएको भएपनि अहिले भने आफन्तहरुसंग भेटघाट गर्ने र उल्लाहकासाथ यो पर्व मनाइदै आएको स्थानीय ओम कुमारी केसीले बताईन । मंसिर महिनामा मनाईने यो पर्वमा न्वागी खाने दिनमा गाउँको टुकुरामा रहेको खाड देवी मन्दिरमा बन्दुक पड्काएपछि मात्र घर—घरमा खाना पकाउन सुरु गर्ने उनले बताईन ।

गाउँभरका सबै घर परिवार र आफन्तहरु जम्मा भएर रमाईलो गरेर न्वागीको टिका लगाएर न्वागी खाने चलन रहेको छ । झ्याङ्गलाबासीले नेपालीका महान चार्ड दशै र तिहार भन्दा पनि न्वागीलाई विशेष रुपमा मनाउने गरेको स्थानीय भोपलाला गिरीले बताए । उनले सदियौदेखि सुरु भएको यो परम्पराले स्थानीयमा एकता  ल्याउनुका साथै पर्यटकहरुका लागि पनि एक गनतव्यको रुपमा यो महोत्सवलाई लिईएको बताए ।

असारमा धान रोपेर कार्तिक थन्काएपछि देविलाई चढाएर मात्र उपभोग गर्न पर्दछ भन्ने मान्यता अनुसार हरेक वर्ष मंसिरको पहिलो साता यो पर्व मनाईदै आएको छ ।  न्वागी पर्व मनाउनका लागि स्थानीय सरकाले पनि सहयोग गर्दै आएको छ । झ्याङ्गलाको देविस्थान मन्दिरमा न्वागी महोत्सवमा स्थानिय कला संस्कृतिको पर्दशन गर्ने चलन रहेको छ । यस वर्ष आयोजित कार्यक्रममा स्थानीयहरुले ठूलो नाचँ, कौडा नाच प्रस्तुत गरेका छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने

मन्त्रिपरिषद् विस्तारदेखि पदभार ग्रहणसम्म ... [फोटोफिचर]

  • ५ मङ्सिर, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केही नयाँ अनुहार ल्याउनका लागि प्रधानमन्त्री ओलीले पुरानालाई