चुनावको मुखमा समाजवादीका नेता नेकपा प्रवेश

दाङ । उपनिर्वाचनको मुखमा समाजवादी पार्टीका नेपालका केन्द्रीय सदस्य धिरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । 

मंगलबार दाङको बबई गाउँपालिका हापुरेको चुनावीसभा कार्यक्रममा उनलाई नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टिका लगाएर नेकपामा भित्र्याएका हुन् ।

सेर्पाइली २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीबाट दाङ क्षेत्र नम्बर ५ का उम्मेदवार बनेका थिए । उनले २०७० सालको चुनावमा झण्डै १० हजार मत प्राप्त गरेका थिए ।

 दाङका पुराना स्थापित माओवादी नेता सेर्पाइली डा. बाबुराम भट्टराईले पार्टी छोडेसँगै नयाँ शक्तिमा गएका थिए । नयाँ शक्ति र फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको उनी केन्द्रीय परिषद् सदस्य थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर