• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

हात्तीले कुल्चिँदा झापामा एकजना घाइते

झापा । जंगली हात्तीको आक्रमणमा परी झापामा एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मेचीनगर नगरपालिका–१२ कालीझोडा बस्ने १९ वर्षीय सुशील गजमेर रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

हात्तीले कुल्चिँदा गजमेरको छातीमा चोट लागेको उपचारको लागि मनकामना हस्पिटल चारआली पठाएको जनाइएको छ । प्रहरीका अनुसार मंगलवार साँझ ६ बजेको समयमा चारआलीबाट घर जाने क्रममा गजमेरलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर