उद्योग संघमा विज्ञान र आध्यात्म बिषयक कार्यक्रम 

बुटवल । रुपन्देही उद्योग संघको ४२ औं स्थापना दिवसको अवसरमा विज्ञान र आध्यात्म बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । समारोहमा डा. जय प्रकाश अग्रवालले बिज्ञान र आध्यात्मको विषयमा प्रवचन दिएका थिए । ‘बिज्ञानले बिकास गर्छ तर शान्ति दिन सक्दैन आध्यात्मले बिकास होईन शान्ति दिन्छ , यि दुवैको संयोजनबाट बिश्वले बिकास र शान्ति एकै साथ प्राप्त गर्छ ’–अग्रवालले भने ।

अग्रवालले समाजको बिकासमा बिज्ञानको जत्तिकै महत्व आध्यात्मको समेत रहेकोमा जोड दिंदै बिज्ञानले देखिने भौतिक बिकास गरे पनि आध्यात्मीक चिन्तन र अध्ययनबाट मात्रै समाजको मुहार फेर्न सकिने बताए । 

कार्यक्रममा रुपन्देही उद्योग संघ आवद्ध उद्योगीहरु संगै यस क्षेत्रका समाजसेवी बुद्धीजिवी, कानून ब्यवसायी, सुरक्षा एवं सरकारी निकाय, बिद्यार्थी, श्रमिक वर्ग, समाजसेवी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । 

रुपन्देही उद्योग संघले आफ्नो ४२ औं स्थापना दिवसको अवसर पारेर प्रवचन, रक्तदान, गोष्ठी तथा सेमीनार,स्वास्थ्य शिविर, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रमहरु गरिने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी गराए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर