• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

युवाहरुको कृषिमा लगानी, अर्घाखाची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालन

बुटवल । अर्घाखाचीका युवाहरुले कृषि क्षेत्रमा सामुहिक लगानी गरी ब्यवसाय अगाडी बढाएका छन । ६ जना युवाहरुले १ करोड भन्दा पनि बढी लगानी गरेर अर्घाखाची र कपिलवस्तुमा पोल्ट्री फर्म सञ्चालनमा ल्याएका छन । उनीहरुले अर्घाखाचीमा उत्पादन हुने कुखुराका अण्डाहरुलाई बुटवलमा ल्याइ विक्रि गर्न बुटवलको तीनकुनेमा विक्रि केन्द्र समेत सञ्चालनमा ल्याएका छन । 

पाणिनी गाउपालिकाका युवाहरु पदम घिमिरे, गिरिराज घिमिरे, भेषराज घिमिरे, कृष्णप्रसाद गैरे, भोजराज घिमिरे क्षेत्रीे, बावुराम पौडेलले करिब एक करोड लगानी गरेका छन । अर्घाखाचीको पाणिनी गाउपालिका ४ पटौटीमा पाणिनी स्वरोजगार कृषि फर्म सञ्चालन गरेका उनीहरुले त्यहा कुखुरा पालन गरेका छन । त्यस्तै कपिलवस्तु वाणगंगा १ वैरियामा  पनि कुखुरा पालन गरेका छन । हाल १० हजार कुखुरा पालन गरेका उनीहरुले ८ जनालाई रोजगारी दिएका छन । 

दैनिक ८ हजार अण्डा उत्पादन हुने गरेको सञ्चालक पदम घिमिरेले बताए । अर्घाखाचीमा उत्पादित अण्डा बुटवलको तीन कुनेमा बिक्रि केन्द्र राखेर बिक्रि शुरु गरिएको उनले बताए । पहाडमा उत्पादन भएका अण्डा सिधै उपभोक्ता माझ पु¥यायएकाले ताजा र राम्रो भएकाले उपभोक्ताको माग बढ्दो रहेको घिमिरेले बताए । उत्पादन लागतका तुलनामा अण्डा सस्तोमा बेच्नुपरेको भन्दै उनले कृषिमा आवद्ध भएका हरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर