• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१५ करोड खर्च गरेर बनाएको गेमको ‘पात्र’लाई साथीले बेच्यो ८० हजारमा, अदालतमा मुद्दा दर्ता

एजेन्सी । हालको समयमा भिडयो गेम मानिसको जिन्दगीको एक महत्वपूर्ण हिस्सा बनेको छ । यति मात्रै होइन भिडियो गेम खेलेर मानिसले पैसा पनि कमाउछन् र यसमा डिग्री पनि हासिल गर्छन् ।

हालै चीनमा एक व्यक्तिले आफ्नो साथी विरुद्ध उसको भिडियो गेमको एक पात्र बेचेको आरोपमा मुद्दा दर्ता गरेका छन् । 

इन्डिपेन्डेनटको एक रिपोर्ट अनुसार, चीनमा लु मोउ नामक एक व्यक्तिले ‘जस्टिस अनलाइन’को करिब १५ करोड रुपैयाँ खर्च गरेर एक पात्र बनाएर सिंगारेको थियो ।

लु मोउले आफ्नो साथी ली मोउस्चेङ्गलाई यो गेम खेल्नका लागि दिएको थियो, तर यस गेमलाई फर्काउदै गर्दा ली मोउस्चेङ्गले अनजानमै एक गल्ती गरे । लामो समयसम्म गेम खेलेर थाकेका लीले अनजानमै गेमलाई ‘इन–गेम मार्केटप्लेस नेटइज’मा करिब ८० हजार रुपैयाँको सुचीमा राखे । 

यसपछि लु मोउले आफ्नो साथी विरुद्ध मुद्दा दायर गरे र यो कुरा अदालतमा पुग्यो । सिचुआन प्रान्तको होंग्या काउन्टी अदालतमा पुरा मामिला जानेपछि न्यायाधीशले फैसला सुनाउँदै भने – गेमको पात्रलाई उसको मालिकलाई फिर्ता दिइयोस्, साथै यस पात्रलाई जुन व्यक्तिले किनेको छ, उसलाई जरिवानाको रुपमा ९० हजार युआन तिर्नुपर्ने छ ।

जानकारी रहोस्, चीनमा हालै अनलाइन गेमिङलाई लिएर मासिमा बढीरहेको लतलाई मध्यनजर गर्दै एक नयाँ कानुन पारित भएको छ । यसमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले दिनमा ९० मिनेटभन्दा बढी अनलाइन भिडियो गेम खेल्न निषेध गरिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर