प्रदेश ५ को राजधानी समिति भारत भ्रमणमा जाने, निर्णय लाद्ने काम भएको सदस्यहरुको गुनासो

बुटवल । प्रदेश नं. ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने काम ढिलाई भइरहेको गुनासो आइरहदा सांसदहरुको एउटा टोलि भारत भ्रमणमा जाने भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसै आर्थिक वर्षभित्रै राजधानीको विषय टुंगो लगाइने बताउदै आएको अवस्थामा राजधानी र नाम तोक्न सिफारिस गर्ने प्रयोजनका लागि गठित समितिका सदस्यहरु भारत भ्रमणमा निस्किन लागेका हुन । 

प्रदेश सभाका केही कर्मचारीहरु लिएर १२ जना सांसदहरुको टोलि भारत जान लागेको हो । प्रदेश पाच संसदमा गठन भएका विभिन्न समितिहरुले भ्रमणका नाममाा रकम खर्च गरिरहेको अवस्थामा विशेष समिति पनि लाखौ बजेट खर्च गर्न भारत जान लागेको हो । 

भ्रमणमा जाने विषयमा प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि प्रदेश संसदबाट २०७५ साउनमा गठित विशेष समितिका सदस्यहरुवीच मतभेद रहेको छ । मतभेदका बावाजुद भ्रमण गर्न लागिएको छ । भ्रमणका बारेमा ब्यापक छलफल गरी टुंगो  लगाउनुपर्नेमा समितिका सभापति दीपेन्द्र कुमार पुन मगर र प्रदेश सभा सचिव दुर्लभ पुन मगरले एकलौटी निर्णय गरेको केही सांसदहरुले आरोप लगाएका छन ।

प्रदेश सभा सचिवले रचनात्मक काममा भन्दा बजेट खर्च गर्ने र भ्रमण देखि विभिन्न नाममा खर्च बढाउन ध्यान दिने गर्दा समस्या भएको सांसदहरुको गुनासो छ । भारत भ्रमण पनि उनकै योजनामा अगाडी बढाइएको भन्दै यसबाट लाखौ रकम खर्च हुने अवस्था रहेको सा.सदहरुको भनाइ छ । सा.सदहरु तथा कर्मचारीहरुलाई भ्रमणका नाममा रकम खर्चमा बढवा दिएका सचिव पुनले अन्य रचनात्मक काममा भने ध्यान दिएका छैनन । 

बिहिवारको बैठकपछि समितिका सदस्य वीरवहादुर रानाले बहुमतका नाममा निर्णय लाद्ने काम हुदै आएको भन्दै छलफल गरेर भ्रमण तय गर्नुपर्नेमा भ्रमण तालिका टुंगाएपछि जानकारी गराउन आफूहरुलाई बोलाएको बताए । भारतको चण्डीगढ जाने टुंगो लागेर परराष्ट मन्त्रालय मार्फत आवश्यक काम गरेर उताको सचिवालयलाई समेत जानाकारी गराइसकेपछि बैठक बोलाएर जानाकारी गराइएको भन्दै रानाले यस किसिमका कार्यशैलीले अचम्म पारेको बताए ।

‘बहुमत छ हाम्रा कुरा सुन्दै सुन्दैनन ।, हामीले त भ्रमणको जरुरी छैन, प्रतिवेदन वनाएर बुझाउ भनेका थियौ तर कुरा सुनेनन, –रानाले भने । अब कुनै हालतमा म्याद थप्नु हुदैन भनेर आफूले जोडदार कुरा राखेको पनि उनले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर