ब्राउन सुगर सहित ३ जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले गएराती लागू औषध ब्राउन सुगर सहित दुई महिला र १ पुरुष सहित ३ जनालाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पान्जलीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित धनगढी ५ का इन्द्रजीत धामी , धनगढी ८ कि एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालीका १ बस्ने मोनिका थापा भन्ने मोनिका बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर