• मंगलबार ८-२४-२०७६/Tuesday 12-10-2019/ 01:05 am

एक्सरे सेवा अझै  बन्द

जाजरकोट  । गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन ।

जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो । विसं २०६६ मा स्थापना भएको अस्पतालमा  इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ ।

 विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महङ्गो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन  नेत्रबहादुर शाहीले बताए । इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन् । 

चिसो बढेकाले निमोनिया, रुघाखोकी अन्य रोगका बिरामी अस्पताल उपचारका लागि आउने भए पनि एक्सरे सेवाबाट भने बञ्चित हुनुपरेको छ । त्यस्तै प्रयोगशालाको काम प्रभावित हुँदै आएको छ ।

 घाम राम्रो नलाग्दा काम गर्न समस्या भएको डा कृष्ण  अधिकारीले जानकारी दिनुभयो । २४ घण्टा सञ्चालन हुने यो अस्पताल आजभोलि चिसोका कारण १० देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिसोमा घाँटी दुखाइबाट बच्न यस्ताे गर्नुस् 

  • २१ मङ्सिर, २०७६

 काठमाडौं ।  चिसोका कारण घाँटीमा समस्या उत्पन्न हुन्छ । यो समस्या हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ

स्वास्थ्य स्वयंसेविकाको निःशुल्क बीमा हुने

  • २१ मङ्सिर, २०७६

वालिङ ।  स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना

कपाल कसरी नहाउँदा राम्राे ?

  • २० मङ्सिर, २०७६

एजेन्सी । धेरैलाई कपाल नुहाइरहनाले त्यसमा क्षति पुग्ने भ्रम हुन्छ । तर वास्तवमा हामीसँगै कपालले पनि हरेक क्षण बाहिरी वातावरणको सामना गरिरहेको हुन्छ