सार्वसाधारणसँगै लाईन बसेर मतदान गरे उम्मेदवार ढकालले  

भक्तपुर । प्रदेशसभा सदस्यका लागि भक्तपुरमा मतदान भईरहेको छ । विहान ७ बजेदेखि जारी मतदानमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिए । प्रदेशसभा सांसदका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार डीपी ढकालले मतदान गरेका हुन् । 

बिहान ७ बजेबाट शुरु भएको मतदानमा उम्मेदवार ढकालले सर्वसाधारण सरह लाइनमा बसेर विहान ८ः३० बजे मतदान गरेको उनका सहयोगी यज्ञराज ढुंगानाले बताए ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकका स्थायी बासिन्दा ढकालले कमलबिनायकस्थित सरस्वति विद्या गृह मतदान केन्द्रबाट मतदान गरेका हुन् । काभ्रेको देउपुर जन्मथलो भै भक्तपुरमा स्थायीरुपले बस्दै आएपनि उनलाई पर्यटक उम्मेद्वार भन्दै विपक्षीले प्रचार गरेका थिए  । यो मतदान केन्द्रबाट नेमकिपाका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेले पनि मतदान गर्दैछन  ।

 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा जारी उपनिर्वाचनमा भक्तपुर(१० बाट नेमकिपाका उम्मेदवार निरज लबजूले पनि मतदान गरेका छन ।

२०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्कघातका कारण निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन भईरहेको हो ।

भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उपनिर्वाचन हुँदैछ ।


यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर