चितवनमा शान्तिपूर्ण रूपमा मतदान जारी

चितवन । स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वडा जारी मतदानमा दिउसो  २ बजेसम्म ६० प्रतिशन  मत खसेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १६, खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । विहान ७ बजेदेखि सुरु हुने भनिएपनि ७ः३० बजेबाट मात्र मतदान सुरु भएको थियो । 

तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्तिपूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् ।

यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ४ मा दुई हजार ६९२ र वडा नं. ५ मा दुई हजार १११ मतदाता रहेका छन् । यस अघि भरतपुर १६ मा तात्कालिन एमाले, खैरहनी नगरपालिका वडा नं. ४ र ५ मा नेपाली काँग्रेस विजयी भएका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर