कालिकोट पलाँतामा हातमा किताब समाउने दिन गए 

कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिकामा रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि जापानी झोला वितरण गरेको छ । हातमा किताव बोकेर विद्यालय जानुपर्ने बालबालिको दिनचर्या अव फेरिने भएको हो । गाउँपालिकाले युमि नेपाल जापानको सहयोगमा विद्यार्थीहरुको सहजताका लागि झोला वितरण गरेको हो ।

गाउँपालिकाले उपलव्ध गराएका किताब राख्नका लागि झोला समेत किन्न मुुस्किल हुने विद्यार्थीहरुले झोला पाउदा खुसी व्यक्त गरेका छन् । युमि नेपालले कर्णाली प्रदेशका बालबालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि ४ वटा स्थानीय तह छनोट गरेको हो । जसमा कालीकोटको पलाता गाउँपालिका दैलेखको विन्दाशैनि नगरपालिका जाजरकोटको भेरीगंगा गाउँपालिका सल्यानको सारदा गाउँपालिका छनोट गरेको रुपान्तरण नेपालका अध्यक्ष मोहन बहादुर शाहीले बताए । 

युमि नेपाल जापानले नै सम्पूण लगानी गरेको स्पष्ट पारेका थिए । युमि नेपाल जापानका प्रतिनिधि।डा बाबुराम निरौलाले मायाको चिनो भएकाले सबैले जतन गरि राख्न आग्रह गरेका थिए । उनले  विद्यार्थीका किताव कापी च्यातीनबाट बचाउनका लागि बालवालिकालाइ नियमित विद्यालय जान प्रोत्साहन गर्नका लागि सहयोग गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विद्यार्थीको झोलामात्र परिवर्तन होइन ।  हामीले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि विद्यार्थीको झोला परिर्वतन तिर लागेका छौ उनले भने । पलाता गाउँपालिका आमुल परिर्वतनको एजेन्डा लिएर  अगाडि बढिरहेको  आगामी दिनमा विकासका दृष्टिकोणले कुनै कमि हुन नदिने बताउदै नकारात्मक टिकाटिप्पणीले पलाता सरकारलाई थप हौसला दिएकाले अगाडि बढ्न सहज भएको पनी कार्यक्रममा बताएका थिए । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्ग वहादुर रावतले हिजोको पलाँता भन्दा आजको पलाँता विकासका हिसावले परिवर्तन भएको भन्दै  राजनीतिक दलमा एकमत हुन सकेन र विकास भएन भने साझा दुस्मनी हुनुका साथै विकास निर्माणका एजेण्डामा कमि आउने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर