जनकपुरधाममा होटलको अभाव हुँदा लाखौँ भक्तजन सडकमा सुत्न बाध्य

जनकपुरधाम । जनकपुरधाममा कुनै उत्सव वा समारोह हुँदा सबैभन्दा बढी होटेलकै अभाव देखिन्छ । अहिले जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलि रहेको छ । जसकारण जनकपुरधामका सबै होटलहरु एकसाता अगाडी नै बुक भएपछि रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुनका लागि आएका तिर्थालुहरु समस्यामा परेका छन् । धनुषा र महोत्तरीका सबै धर्मशाला, होटेल तथा लजहरुमा तिर्थालुहरुले भरिभराउ भएपछि लाखौँको संख्यामा रहेका भक्तजनहरु सडकमै सुत्न बाध्य भएका छन् ।

देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने क्रम गत तिन देखि जारी रहेको छ । विवाहपञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थीहरु आउने भएपछि बास व्यवस्थापनमा समस्या भएको हो । होटल व्यवसायी संघ धनुषाका पूर्वअध्यक्ष दशरथ साहले हामी कहाँ  होटेल खोज्न आउने व्यक्तिलाई अन्य जिल्लामा समेत पठाउने गरेको बताए । 

त्यस्तै होटल व्यवसायी जिवनाथ चौधरीले विवाहञ्चमीको अवसरमा एक साता अगाडी  देखि नै भरिभराउ रहने गरेकाले अन्य अतिथिहरुलाई बर्दिवास, रौतहट वा सिरहासम्मका होटेलमा वासका लागि व्यवस्थापन मिलाउने गरेको प्रतिक्रिया दिए ।जनकपुरधाममा वर्षभरी नै विभिन्न मेला लाग्ने गरेको छ । मेलामा आउने सर्वसाधारणहरु मध्ये अधिकांश धर्मशाला र मन्दिर प्रागंणमा बस्ने गरेकाले खासै समस्या हुने गरेको थिएन । तर पछिल्लो समय विवाहपञ्चमी महोत्सवमा दर्शनार्थीहरुको चाप बढ्न थालेपछि समस्या भइरहेको छ ।

प्रदेश सरकार, स्थानीय सरकारले पनि वास व्यवस्थापनमा गम्भिरता नदेखाएकाले यसपालि भिडको व्यवस्थापनमा निकै गाह्रो हुने देखिएको छ । सबभन्दा बढी शौचालयको व्यवस्थापनमा स्थानीय निकायले वास्ता नगरेपछि लाखौँको संख्यामा रहेका तिर्थालुहरु यत्रतत्र शौच गर्ने गरेका कारण जनकपुरधाममा दुर्गन्ध पनि त्यति नै फैलिन थालेको स्थानीयवासीहरु बताउँछन् । 

जनकपुरधाममा ठूला होटेलहरु सीताशरण, सीता प्यालेस, वेलकम, मानकी, रामा रहेको छ यी होटेलहरुमा दुई हजार भन्दा बढी व्यक्ति अटाउन सक्ने क्षमता रहेको छैन । 
लज र धर्मशालामा गरी दश हजार मात्रै यात्री सहज रुपले अटाउन सक्छन् । जनकपुरधाममा अब होटेलको माँग बढयो त्यो संकेत यसपटकको दर्शनार्थीको चापले दिएको होटेल व्यवसायी संघ जनकपुरधामका पूर्व अध्यक्ष दशरथ साहले बताए ।  प्रादेशिक अस्थायी राजधानीका अतिरिक्त पर्यटनको केन्द्र जनकपुरधाम बन्ने भएपछि यहाँ दैनिक आउने सर्वसाधारणका साथै पर्यटकको संख्यामा बृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर