४१ पाकेटमार प्रहरी नियन्त्रणमा

जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आएका श्रद्धालु भक्तजनहरुको पकेट काट्ने पाकेटमारहरुलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।  भक्तजनहरुको पकेट काट्ने ४१ जना पाकेटमारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

विवाहपञ्चमीमा कडा निगरानी गर्दै तिनीहरुलाई पक्राउ गरिएको शसस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जनाएका छन् । उनीहरुलाई रँगभूमि मैदान, बाह्र बिघा, जानकी मन्दिर प्रांगणबाट उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाइएको उनले बताए । पक्राउ परेकाहरु अधिंकाश भारतीय रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर