• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

महिलामा देखिने यी सामान्य लक्षण एचआईभीका पनि हुनसक्छन् !

एजेन्सी । एचआईवी एक असुरक्षित यौन सम्पर्कबाट सर्ने रोग हो । साथै संक्रमित रगत,असुरक्षित सुइको प्रयोगलगायतको कारणले यो रोग फैलिन्छ । तर महिलाको विषयमा मात्र कुरा गर्दा अधिकांश महिललाई यौनको कारणल नै एचआईवी सर्ने गर्दछ । डाक्टरको भनाइ अनुसार एचआइको लक्ष्यण सामान्यतया थाहा नै हुदैन् । तर जब थाहा हन्छ त्यो उपचारको लागि धेरै ढिला भइसकेको हुन्छ । 

सामान्य रुपमा एचआईवी भएको २–४ हप्तापछि मात्र त्यसको लक्षयण देखापर्न थाल्छ । खासमा एचआईवीको लक्षयणलाई कुनै विशेष भन्दा पनि सामान्य रुगाखोकी, ज्वरो फ्लुलाई मानिन्छ । एचआईबाट संक्रमित ८० प्रतिशत व्यक्तिले रुघाखोकी र फ्लु जस्तो लक्षयाणको अनुभव गरेका हुन्छन् । त्यसैले यौन सम्पर्कको समय एचआईवी भए नभएको थाहा पाउँन सधैँ रगतको परिक्षण गर्न निकै आवाश्यक हुन्छ । 

खासगरी महिलालाई यदी एचआइवी भएको छ भने सामान्य केही संकेतहरु शरिरमा देखा परेका हुनछ । 

– सामानय रुपमा महिलाको शरिरमा केही रातो खटिरा जस्तो लक्षण आएमा त्यो एचआइवीको पनि हुन सक्छ । केही रातो देखिने खटिराहरु चिलाउने पनि

गर्दछन् । जसले गर्दा पछि गएर त्यसले घाउको रुप लिन्छ । 

–केही महिलाहरुलाई एचआइवी लक्षणको रुपमा एक ज्वरोलाई पनि लिने गरिन्छ । सामान्य रुपमा आएको ज्वरो आउँदै निको हुदै गरी औषधीको प्रयोग पछि पनि निको नहुने हुन्छ । 

–एचआइवी भएको महिलाको घाटीमा पनि समस्या आउने गर्छ । खोकी लागे जस्तो हुने, घाटी चिलाउने जस्ता समस्याले यो समय धेरै सताएको हुन्छ । 

– संक्रमित महिलामा लामो समयसम्म टाउको दुख्ने तथा गर्दन दुख्ने हुन्छ केही महिललालाई त कम्मरको भाग धेरै दुख्ने गर्दछ । 

–एचआइवी भएका धेरै महिलालाई भोक निन्द्रा नलाग्ने समस्या पनि आउने गर्छ । साथै खाएका खानेकुरालाई पनि पाचन प्रणलीले राम्रोसँग पचाउन सक्दैन् । 

अन्य लक्षयण
- रातमा पसिना आउने
- थकान महसुस हुने ,उल्टी हुने , हात गोडाको जोर्नी दुख्ने, 
- नङको रंग बदलिने, 

यी बाहेक एचआइवी भएका महिलाहरुको महिनावारी समयमा हुदैन् । साथै सामान्य रुपमा भन्दा धेरै रगत जाने गर्दछ । सामान्य देखिने लक्षणहरुलाई परिक्षण गरेमा महिलाले आफूलाई अगाडी नै सुरक्षित राख्न सक्छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर