• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एड्सको कारण हरेक एक घण्टामा १३ बच्चाको मृत्यु, हेर्नुस् युनिसेफको रिर्पोट

एजेन्सी । आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ ।

एड्स विश्वमा एक गम्भीर रोगको रुपमा फैलिएको छ । जसको अहिलेसम्म पनि उपचारको कुनै औषधी बनेको छैन । एड्सको सिकार केवल महिला-पुरुष मात्र हुदैनन्ऽ त्यो भन्दा धेरै बालबालिकामा हुन्छन् । एक रिपाेर्ट अनुसारऽ एक दिनमा ३२० बच्चा एड्को कारण ज्यान गुमाउने गरेका छन् ।

यो रिर्पोट युनिसेफले नोभेम्बर २६ मा निकालेको तथ्याङकबाट थाहा पाउँन सकिन्छ तर यो २०१८ को आकंडा अनुसार आएको तथ्याङ हो । 

एड्सलाई निको पार्न त सक्दिैन तर सहि समयमा उपचार गर्न सकिएमा केही लामो समय बाच्न सकिन्छ । एड्सबाट ग्रसित व्यक्तिलाइ लामो जीवन दिनका लागि 'एन्टिरेट्रोवायरल' नामक ड्रग बनिसकेको छ ।

यो एउटा यस्तो ड्रग हो जसले एचआइभी भाइरसको संख्यालाई घटाउन मद्दत गर्छ । तर वास्तविकता के हाे भने अझै पनि धेरैलाई एड्को बारेमा धेरै कुरा थाहा छैन । युनिसेफको अनुसार २०१८ मा जन्मदेखि १४ वर्षका एचआइभी सिकार भएका कुल बच्चामा जम्मा ५४ प्रतिशत बच्चामा मात्रै एड्सको उपचार सम्भव हुन्छ । 

युनिसेफका कार्यकारी प्रमुख हेरिन्टा फोरेका अनुसार, ‘विश्व एड्ससँग लड्नको लागि निकै तयार भइसकेको छ । तर हामी यतिमै खुसी भएर बस्न भने मिल्दैन । बालबालिका तथा किशोरकिशोरीमा यस्तो समस्या देखिनु नै जीवन र मृत्युमा मृत्युलाई छान्नु सरह हो ।’

एड्सबाट सिकार भएका महिलाबाट बच्चामा यो भाइरसको असर नहोस भन्नको लागि उनीहरुलाई रेट्रोभाइरस थेरेपी गराउने गरिएको छ । यो रिर्पोट अनुसार यो थेरापी १० वर्ष अगाडी ४४ प्रतिशत महिलाले मात्र लिएका थिए भने अब यो थेरापी ८२ प्रतिशत महिलाले लिने गरेका छन् । 

हेरिन्टा फोरेले भनिन्, ‘हामीले अहिलेसम्म २० लाख भन्दा धेरै महिलालाई एन्रिेट्रोभाइसल थेरापी दिइसकेका छौ । जसको कारण ५ वर्ष भन्दा कम उमेका १० लाख भन्दा धेरै बच्चा बचाउन सफल भएक छौ । तर हामीले धेरै काम गर्न बाकी रहेको छ ।’ 

युनिसेफको रिर्पोटले यसाे भन्छ : 
–  सन्  २०१८ मा गर्भदखि ९ वर्षका लागभ १ लाख ६० हजार नयाँ बच्चा एचआइभी संक्रमित थिए । जब की यो वर्ष कुल ११ लाख बच्चा मात्र यो भाइरसबाट पीडित थिए । 

– सन् २०१८ मा ५ वर्ष उमेर भएका लगभग ८९ हजार बच्च गर्भावस्थामै एचआइभीको सिकार भएका थिए । जब की यो वर्ष ७६ हजार मात्र एचआइवीको सिकार भएका थिए । 

– सन् २०१८ मा ५० हजार किशोरावस्थामा पुरुष एचआइभीको सिकार भएका थिए, जब की किशोरीमा १ लाख ४० हजार महिला संक्रमित थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर