• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको पत्रपत्रिका: निजामती विधेयकमा शीर्ष नेताबाटै खोजिने

आजको पत्रपत्रिकामा दक्षिण एशियाली खेलकुद(साग)को १३ औं संस्करण आइतबारबाट सुरु भएको विषय सबै पत्रिकाले मु्ख्य पृष्ठमा प्राथमिकताका साथ छापेका छन् । साथै उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको विषयलाई पत्रपत्रिकाको प्रमुख समाचार बनेको छ । 
कान्तिपुर दैनिकमा दक्षिण एशियाली खेलकुद(साग) शुभारम्भको तस्विर प्रकाशित छ । साथै कास्कि क्षेत्र नम्बर २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको समाचार छ । उनले निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराइ सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो । उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो ।

अन्नपूर्ण पोस्टले साग खेलकुदको तस्विर छापेको छ साथै कास्की २ मा विद्याले चुनाव जितेको समाचार प्रमुख बनाएको छ ।
नयाँ पत्रिका दैनिकले २० वर्षपछि दक्षिण एसियाली खेल नेपालमा भएको समाचार प्रमुख बनाएको छ ।    
सरकारी मुखपत्र गोरखापत्रले महिला भलिबलको समाचार प्राथमिकताका साथ छापेको छ । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो ।
यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।      
कान्तिपुरमै निजामती विधेयकमा शीर्ष नेताबाटै खोजिने समाचार छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा सहमति जुटाउन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले प्रमुख दलका शीर्ष नेतासँग परामर्श गर्ने भएका छन् । यादव कोइरालासहितका अधिकारीहरुले विद्येयकका विवादित प्रावधानबारे ब्रिफिङ गरेपछि मन्त्री त्रिपाठीले शीर्ष नेतासँग छलफल गरेर त्यसलाई टुंगोमा पु¥याउने बताएका हुन् ।    

                                                      

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर